Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Nejmaकाठमाडौं- एमालेले केन्द्रीय सदस्य एवं बारा क्षेत्र नं.- ४ का उम्मेदवार महमुद आलमकी पत्नी नेजमा खातुनलाई सोही क्षेत्रबाट उम्मेदवार बनाउने भएको छ ।

अज्ञात समूहको गोली प्रहारबाट घाइते महमुदको मृत्यु भएपछि पत्नीलाई उम्मेदवार बनाउन लागिएको हो । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीले आलमको अभियानलाई निरन्तरता दिन पत्नी नेजमालाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको जानकारी दिएका छन् ।

आलमको निधनको सूचना आएलगत्तै निर्वाचन आयोगले क्षेत्र नं. ४ को निर्वाचन स्थगित गरिसकेको छ । निर्वाचन भने मंसिर ४ मै हुनेछ ।

एमालेमा यसअघि २०५६ सालमा रुकुमका उम्मेदवार यदु गौतमको हत्यापछि तिर्था गौतम र २०६४ सालमा सुर्खेत- १ बाट एमालेकै उम्मेदवार ऋषिप्रसाद शर्माको हत्यापछि कमला शर्मालाई उम्मेदवार बनाइएको थियो । दुवैले चुनाव जितेका छन्। ***

तपाईको प्रतिक्रिया