Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
chunab chinnaकाठमाडौं-  आगामी संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ भाग लिने उम्मेदवारका लागि निर्वाचन आयोगले बिहीबार चुनाव चिन्ह प्रदान गरेको  छ । दलहरुका चुनाव चिन्ह पनि अनौठा खालका छन् ।
मोटरसाइकलको हेलमेटदेखि ढुङ्गेधारा सम्म चुनाव चिन्ह दलहरुले पाएका छन् । २ सय ४० निर्वाचन क्षेत्रमा आयोगले २ सय चुनाव चिन्ह दिएको छ । कतिपयले एउटै चुनाव चिन्हका लागि माग गरेकाले छानविन गरेर निर्णय गरिएको थियो ।
राजनीतिक दलको हकमा दलकै चुनाव चिन्ह हुने भएकाले समस्या नपर्ने र स्वतन्त्र उम्मेदवारको हकमा भने चिन्हमा केही समस्या देखिएमा आयोगले नै निर्णय गर्ने व्यवस्था रहेको छ । आयोगले यही असोज १ गते विभिन्न चुनाव चिन्ह निर्धारण गरेको थियो ।
त्यसमा २०० वटा चिन्ह रहेका छन् ।  आयोगले निर्धारण गरेका चिन्हमा अर्नाभैँसी, इनार, इस्त्री, कप, काइँयो, कालोपाटी, कारखाना, कुकुर, कुखुराको चल्ला, खल, खुर्पी, गँगटो, गितार, ग्यास चुल्हो, जाँतो, झोला, टेन्ट, डालो, ढिकी, ढुङ्गेधारा छन् ।
त्यस्तै ताल्चासाँचो, तिलहरी, दाँत माझ्ने ब्रस, नरसिंहा बाजा, पङ्खा, प्रेसर कुकर, पलङ, पेन्चिस, बकुल्ला, बँदेल, ब्याट, बुरुस, भुइँकटहर, भ्यागुतो, लट्टाइ, लाटोकोसेरो, सयपत्री फूल, साबेल, सुराही, स्वेटर, स्कुटर, हेल्मेटलगायत रहेका छन् ।
आयोगका प्रवक्ता वीरबहादुर राईले राजनीतिक दलबाट उम्मेदवार बनेकालाई दलकै चुनाव चिन्ह र स्वतन्त्रबाट उम्मेदवार बनेकालाई उम्मेदवारले रोजेको वा आयोगले नै निर्धारण गरेको चिन्ह प्रदान गरिएको प्रवक्ता राईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया