Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थको सम्भावित स्रोत पत्ता लगाउन गरिएको गहिरो ड्रिलिङ (खोतल्ने) कार्य सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार गत वैशाख २८ गते सुरु भएको यो प्रक्रिया ४ हजार २ मिटर गहिराइमा पुगेर सकिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विभागका भूगर्भविद् प्रकाश लुइँटेलले कडा चट्टानका कारण असोजसम्म सकिने योजना पुस महिनामा मात्र सम्पन्न भएको जानकारी दिए । ‘प्रत्येक दुई मिटर गहिराइमा ड्रिलिङबाट निस्किएका ढुङ्गा र माटोको परीक्षण भइरहेको छ,’ उनले भने । परीक्षणबाट प्राप्त विवरणका आधारमा तीन चरणका थप अध्ययन (सोर्स रक, रिजर्भ वायर रक, सिल रक) गरिनेछ ।

चिनियाँ प्राविधिक टोलीले परीक्षणका लागि सङ्कलित नमुनाहरू चीनमा विशेष अध्ययन गर्ने भएकाले अन्तिम नतिजा आउन समय लाग्ने विभागले जनाएको छ । पेट्रोलियमको भण्डारण क्षमता पत्ता लागेमा आर्थिक विश्लेषण गरेर उत्पादन प्रक्रिया अगाडि बढाइने लुइँटेलले स्पष्ट पारे । सन् २०१९ मा नेपाल सरकार र चीन सरकारबीच भएको समझदारीअनुसार दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थान क्षेत्रमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान गर्ने लक्ष्य राखिएको थियो । कोरोनाको महामारीका कारण यो कार्यमा ढिलाइ भएको हो ।

अन्वेषणको पहिलो चरणमा चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, र जिओ केमिकल स्याम्पलिङ सर्भेजस्ता काम समयमै सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा स्थलगत अध्ययन गरी सम्भावित क्षेत्र निर्धारणपछि ड्रिलिङ प्रक्रिया सुरु गरिएको थियो । पेट्रोलियम पदार्थको सफल अन्वेषण भएमा देशको ऊर्जा आत्मनिर्भरता बढ्ने, आर्थिक सुधार हुने र ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा सञ्चालित यस परियोजनाले नेपालको ऊर्जा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ । ड्रिलिङ कार्य सम्पन्न भएसँगै अब प्राप्त विवरणहरूको विश्लेषण र थप अनुसन्धानमा ध्यान केन्द्रित हुनेछ । पेट्रोलियम पदार्थको उत्पादन हुने निश्चितता आएमा दैलेख क्षेत्रको मात्रै नभई देशकै समृद्धिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया