Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म यातायात व्यवस्था कार्यालय तनहुँले रु ७ करोड ७१ लाख ६२ हजार १ सय राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार, यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार ९ सय, चालक अनुमतिपत्र र सवारी दर्ता किताबसम्बन्धी रु १ करोड ४९ लाख १ हजार ७५०, सवारीसाधन कर रु ५ करोड ७० लाख ५५ हजार १६० र सवारी आयकर रु २७ लाख ७२ हजार ३७५ उठाइएको हो।

कार्यालय प्रमुख गोपाल ओलीका अनुसार, तनहुँ, गोरखा, लमजुङ, र मनाङ कार्यक्षेत्र रहे पनि चितवन र धादिङका बासिन्दाले पनि सेवाग्राही सुविधा लिन आएका छन्। ‘बिलबुक’ नवीकरणका लागि दैनिक २०० जनाले सेवा लिँदा लाइसेन्स र बायोमेट्रिक प्रक्रियामा २५० भन्दा बढी सहभागी हुने गरेका छन्। सीमित कर्मचारी व्यवस्थापनले सेवा प्रवाहमा समस्या निम्त्याएको ओलीले बताए। दरबन्दी १७ भए पनि हाल ११ जना कर्मचारीले मात्रै कार्यालय सञ्चालन गरिरहेका छन्।

बायोमेट्रिक कार्य हप्तामा चार दिन (आइतबारदेखि बुधवारसम्म) गरिँदै आएको छ। जनशक्ति र पूर्वाधारको अभावका कारण प्रदूषण र सवारी जाँचमा समस्या भइरहेको छ। आकस्मिक रूपमा लाइसेन्स आवश्यक पर्ने विद्यार्थी र वैदेशिक रोजगारमा जानेलाई ‘ट्रायल पास’ पछि एक साताभित्र अनुमतिपत्र दिइने व्यवस्था रहेको छ। यस वर्षको अन्त्यसम्म नौ हजार ६४५ लाइसेन्स वितरण गरिसकिएको कार्यालयले जनाएको छ, भने थप लाइसेन्स छपाइ प्रक्रियामा रहेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया