Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – अख्तियारको दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्ने दक्षिण कोरियाली निकायका अनुसन्धानकर्ताहरूले महाभियोग लागेर निलम्बनमा परेका राष्ट्रपति यून सुक यउललाई नियन्त्रणमा लिने प्रयासलाई स्थगित गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एउटा वक्तव्यमा अनुसन्धानकर्ताहरूले ूनिरन्तरको गतिरोधका कारण उनलाई पक्राउ गर्न व्यावहारिक रूपमा असम्भव देखिएकोू बताएका हुन् । ‘हामी कार्यस्थलमा रहेका हाम्रो टोलीको सुरक्षाबारे संवेदनशील छौँ । हामीले आरोप लागेका व्यक्तिले कानुनी प्रक्रियालाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको पाएका छौँ‘। उक्त कार्य व्यापक रूपमा निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ ।

यउललाई पक्राउ गर्न के गर्ने भन्ने विषयमा पुन: एक पटक छलफल गरेर मात्र तय गरिने उनीहरूले जनाएका छन् । अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यउललाई पक्राउ गर्ने कार्यलाई स्थगित गरेपछि उनको निवासअगाडि जम्मा भएका समर्थकहरूले ‘हामीले जित्यौँ’ भन्दै नारा लगाएका छन् ।

उनलाई पक्राउ गर्न खोज्दा शुक्रवार बिहानैदेखि नाटकीय घटनाहरू भएका थिए । यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका प्रहरी अधिकारीहरूले उक्त स्थान छाडेका छन् । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ‘मार्शल ल’ लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो । -बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया