Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भाइरल बालकलाकार सचिन परियारको अन्त्येष्टि शुक्रबार पशुपतिमा रहेको विद्युतीय शव दाहगृहमा सम्पन्न भएको छ। हिजो नै दाहसंस्कारका लागि सचिनलाई पशुपति पुर्‍याइए पनि गाउँबाट उनका हजुरबुबालगायत आफन्त आउने प्रतीक्षामा दाहसंस्कार एक दिन पछि गरिएको थियो।

सचिनका बाबु तेजेन्द्र परियारले आफ्नो छोराको आँखा दान गर्ने इच्छा व्यक्त गरेका थिए। उनले “छोराको आँखा कसैले उपयोग गरून् र संसार हेरून्” भन्ने अभिलाषा राखेका थिए। तर, दानका लागि आएका स्वास्थ्यकर्मीले जाँच गर्दा सचिनको शरीरमा फैलिएको इन्फेक्सनका कारण उनको आँखा दान गर्न सम्भव नभएको निष्कर्ष निकालियो।

चिकित्सकका अनुसार सचिनलाई मस्तिष्कमा पानी जम्ने समस्या थियो, जसले गर्दा उनले ‘डाइबिटिज इन्सिपिडस’ नामक रोगबाट पनि पीडित बने। यसले उनको मिर्गौलाले अत्यधिक पिसाब उत्पादन गराउने, जसको कारण इन्फेक्सन फैलिएको थियो। स्वास्थ्य समस्याका कारण बालकको अल्पायुमै निधन भएको हो।

सचिनको दुःखद अवसानले धेरैलाई मर्माहित बनाएको छ। बाल्यकालमै संघर्षपूर्ण जीवन बिताएका सचिन सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए। उनका योगदान र उनको संघर्ष सदैव सम्झना रहनेछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया