Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं- अज्ञात समूहले हानेको गोली लागी घाइते भएका नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जले बिहीबार मध्याहृन आलमको मृत्यु भएको घोषणा गरेको छ ।

आलमको पार्थिव शरीरलाई नेपाली सेनाको हेलिकोप्टरबाट गृहजिल्ला बारा लगिएको छ । शुक्रबार अन्त्येष्टि गरिने पारिवारका सदस्यहरुले बताएका छन् । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि एमाले पार्टी मुख्यालय बल्खुमा राखिएको थियो ।

एमाले अध्यक्ष झलनाथ खनालसहितका नेताहरुले आलमको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धान्जली अर्पण गरेका थिए ।

मोटरसाइकलमा आएका २ जनाको समूहले आलममाथि बाराको परवानीपुरमा असोज १८ गते गोली हानेको थियो । कन्चटमा गोली लागेका आलमलाई काठमाडौं ल्याई उपचार थालिएपनि मस्तिकले काम गरेको थिएन । आलम एमाले केन्द्रीय सदस्यका साथै मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया