Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Hemrajदैलेख– दैलेखमा एक प्रहरी निरीक्षकलाई आफ्नै सहयोगीले गोली प्रहार गरी हत्या गरेका छन् ।

बिहीबार विहान ५ बजेतिर प्रहरी जवान कमल शर्माले टाउकोमा गोली प्रहार गरी निरीक्षक हेमराज भट्टको हत्या गरेका हुन् ।

कार्यालय परिसरमै भएको गोली प्रहारबाट कञ्चनपुर घर भएका भट्टको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोली हान्ने प्रहरीले पनि आत्महत्या गरेका छन् । दैलेख खड्कबाडा घर भएका शर्माले साढे ५ वजेतिर आफ्नै पेटमा गोली हानेका थिए ।

उनको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरी निरीक्षक भट्ट र शर्माबीच सामान्य विवाद भएको बुझिएको छ ।

घटनाको कारण नखुलेको दैलेखका प्रहरी प्रमुख प्रज्वल महर्जनले बताउनुभयो । ‘अहिले नै कारण के हो भन्न सकिदैन, हामी अनुसन्धान गर्दैछौं’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया