Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
susilकाठमाडौं- कांग्रेस संस्थापक बिपी कोइरालाको राजनीतिक विरासत थाम्न गिरिजाप्रसादको निधनपछि कोइराला परिवारका तेस्रो पुस्ताले प्रतिस्पर्धा गर्दै आएको छ ।
पार्टीको नेतृत्व हाँक्ने विषय होस् वा चुनावको उम्मेदवार बन्नेमा कोइराला परिवार सधैं चर्चामा रहने गरेको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा बिपीपुत्र सशांक कोइराला, गिरिजापुत्री सुजता कोइराला र केशव-नोनापुत्र डा. शेखर कोइराला उम्मेदवार बन्दै छन् । अघिल्लोपटक पनि यी तीनेजना उम्मेदवार बनेका थिए ।
तर, बिपीपुत्र सशांकले मात्र अघिल्लो निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ बाट चुनाव जिते । सुजता सुनसरी-५ बाट चुनाव लडेकी थिइन भने शेखर मोरङ-७ मा चुनाब लडेका थिए । सुजता  पराजित भइन् भने शेखर उपनिर्वाचनमा मात्र सोही क्षेत्रबाट निर्वाचित भए ।
आगामी निर्वाचनमा पनि तीनैजनाले पुनः पुरानै क्षेत्रबाट चुनाव लड्ने तयारी गरेको छन् ।
तपाईको प्रतिक्रिया