Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Candidates_20131003073351काठमाडौं- मंसिर ४ गते हुने संविधानसभा चुनावका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ ।
प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले तामझाम र उल्लासका साथ उम्मेदवारी दर्ता गरेका छन् ।
देशका २ सय ४० चुनाव क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौ क्षेत्र नम्बर १० र सिरहा क्षेत्र नम्वर ५ बाट उम्मेदवारी दिनुभएको छ । यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवन क्षेत्र नम्वर ४ र बाँके क्षेत्र नम्वर ३ बाट उठ्नुभएको छ ।
एमाले अध्यक्ष झलनाथ खनाल इलाम-१ र सर्लाही-१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं-२ र रौतहट-१, पूर्व प्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराईले गोरखा-१ र रुपन्देही-४ बाट, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा र कैलाली- ६ बाट उम्मेदवारी दिएका छन् ।
एमाले नेता केपी ओली झापा-७, बामदेव गौतम प्यूठान-१ र बर्दिया-१, एमाओवादी नेता नारायणकाजी श्रेष्ठ मकवानपुर-२, कांग्रेस उपसभापति रामचन्द्र पौडेल तनहुँ-२, कांग्रेस महामन्त्रीद्वय प्रकाशमानसिंह र कृष्ण सिटौला क्रमशः काठमाडौं-१ तथा झापा-३ बाट उम्मेदवारी दिएका छन् ।
एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं- ५, एमाले सचिव विष्णु पौडेल रुपन्देही ४ बाट उम्मेदवार भएका छन् ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मोरङ-५ र सुनसरी-५, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार मोरङ-७ र सुनसरी-३  बाट उम्मेदवारी दिएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्लाही-६ तथा सदभावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय सर्लाही-४ मा भिड्दैछन् । फोरम(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव सिरहा-६, संघीय सद्‌भावना पार्टीका अध्यक्ष अनिलकुमार झा रौतहट-१, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारी महोत्तरी १ र ६ बाट उम्मेदवारी दिएका छन् ।
एमाओवादी नेता कृष्णबहादुर महरा रोल्पा-१ र एमाले सचिव शंकर पोखरेल दाङ-४, एमाओवादी नेता वर्षमान पुन मोरङ-९, कांग्रेस नेताद्वय शेखर कोइराला र महेश आचार्य क्रमश मोरङ ७ र ६ तथा गगन थापा काठमाडौं-४ बाट उम्मेदवार बनेका छन् । तमलोपा उपाध्यक्षद्वय हृदयश त्रिपाठी र वृषेशचन्द्र लाल क्रमशः नवलपरासी-६ र धनुषा-४ फोरम(लोकतान्त्रिक)का उपाध्यक्ष रामेश्वर राय यादव सर्लाही-५ बाट छन् । कांग्रेसका पूर्व महाममन्त्री विमलेन्द्र निधी धनुषा-३ र एमाले छाडेर एमाओवादी गएका रामचन्द्र झा एमाओवादी-१ बाट उम्मेदवार छन् ।
यस्तै अकूत सम्पत्ति कमाएको अभियोगमा थुनामा रहेका ‘डन’ गणेश लामाको पनि उम्मेदवारी दर्ता भएको छ । डिल्लीबजार जेलमा रहेका उनले आफ्ना सहयोगी प्रकाश थापामार्फत फोरम लोकतान्त्रिकबाट काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दर्ता जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । काठमाडौ १० मा प्रचण्डलाई थप्पड हान्ने पद्म कुँवरले पनि उम्मेदवारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया