Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
काठमाडौं- संविधानप्रति संविधानसभा र सरकारलाई जिम्मेवारीबोध गराउने उद्देश्यले कोणसभा गर्ने क्रममा पक्राउ परेका आदिवासी जनजातिका नेता तथा कार्यकर्ताहरु अझै प्रहरी नियन्त्रणमा छन् ।
थरुहट तराई पार्टी नेपाल, नेपाल देशभक्त पार्टी, तमुवान राष्ट्रिय परिषद्, राष्ट्रिय तामाङ एकता मञ्च, खसान राष्ट्रिय परिषद्, नेपाल देशभक्त राष्ट्रिय युवा बल र संयुक्त आदिवासी सङ्घर्ष समितिले मङ्गलबार साँझ रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजना गरेको कोणसभामा प्रहरीले हस्तक्षेप गरी उहाँहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय पिएल सिंह र गोपाल दहितलगायत थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारु, कोषाध्यक्ष भानुराम थारु, सचिव मीनराज थारु, नेपाल देशभक्त पार्टीका उपाध्यक्ष सुदर्शन सिटौला, हीराबहादुर चन्दलगायतका २५भन्दा बढी नेता तथा कार्यकर्ता छन् ।
विरोध जनाउँदा लोकतान्त्रिक सरकारले धरपकड गरी नियन्त्रणमा लिनु कमजोरी भएको भन्दै पूर्वराज्यमन्त्री दहितले सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलन गरी राष्ट्रिय नागरिक सरकार गठन गर्नुपर्ने र त्यसबाटै गठित राष्ट्रिय नागरिक सरकारले ताजा जनादेशका लागि राष्ट्रिय निर्वाचन गर्नुपर्ने मागसहित आफूहरू सङ्घर्षमा उत्रिनुपरेको जानकारी दिनुभयो ।
संविधानसभाको पटकपटकको म्याद थप गरिए पनि वर्तमान सभासद्ले संविधान निर्माण गर्न नसक्ने र मुलुकमा दिगो शान्ति र संविधान लेखनजस्ता जनताका अधिकार स्थापित हुन नसक्ने भन्दै ती पार्टी तथा सङ्घसंस्थाले आजदेखि तराईका जिल्ला बन्द गर्नाका साथै विरोधसभा गरिरहेको दहितले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया