Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षासम्म सरकारले तिर्न बाँकी कुल ऋण २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म सरकारी ऋण एक खर्ब दुई अर्बले बढेको हो।

प्रतिवेदनमा उल्लेख भएअनुसार, चालु आर्थिक वर्षको सुरुआतमा सरकारी ऋण २४ खर्ब ३४ अर्ब थियो। जुन पुस मसान्तसम्म बढेर २५ खर्ब नाघेको छ। यो कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.४६ प्रतिशत हो। कुल ऋणमध्ये ५१.३१ प्रतिशत अर्थात् १३ खर्ब १ अर्ब वैदेशिक ऋण र ४८.६८ प्रतिशत अर्थात् १२ खर्ब ३४ अर्ब आन्तरिक ऋण रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण संकलन गर्ने लक्ष्य राखेको भए पनि पुससम्म ४३.८९ प्रतिशत मात्र अर्थात् दुई खर्ब ४० अर्ब ऋण उठाइएको छ। आन्तरिक ऋण संकलनमा वार्षिक लक्ष्यको तुलनामा ५४.८६ प्रतिशत मात्र सफलता मिलेको छ भने वैदेशिक ऋणमा यो २७.२० प्रतिशत पुगेको छ।

सार्वजनिक ऋण तिर्न चालु वर्षका लागि चार खर्ब दुई अर्ब छुट्याइएकोमा हालसम्म एक खर्ब ८२ अर्ब ४० करोड साँवा ब्याज तिर्ने कार्यमा खर्च भएको छ। यो रकम वार्षिक लक्ष्यको ४५.२८ प्रतिशत र जीडीपीको ३.२० प्रतिशत हो।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया