Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायल र गाजाबीच युद्धविराम तथा बन्धक आदानप्रदान सम्झौता आजदेखि कार्यान्वयनमा आउने भएको छ। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम अस्थायी मात्र रहेको बताउँदै, सम्झौता असफल भए हमासविरुद्ध कारबाही पुनः सुरु गर्ने चेतावनी दिएका छन्।

नेतान्याहूले टेलिभिजन सम्बोधनमार्फत युद्धविरामको आवश्यकताको पक्षमा रहेको जनाए पनि इजरायलले गाजामा आक्रमण गर्ने अधिकार सुरक्षित राख्ने बताएका छन्। उनले मध्य पूर्वमा इजरायली सेनाको सफलताका कारण हमास एक्लो परेको दाबी गर्दै पछिल्लो १५ महिनामा उल्लेखनीय उपलब्धि हासिल भएको पनि उल्लेख गरे।

हमासले इजरायली बन्धकहरूको सूची प्रकाशित गरेपछि मात्रै सम्झौता लागू हुने नेतान्याहूले प्रष्ट पारेका छन्। उता, हमासले इजरायली हवाई आक्रमणमा पछिल्लो तीन दिनमा गाजामा १२० जनाको मृत्यु भएको आरोप लगाएको छ। सम्झौताको पहिलो चरणअन्तर्गत इजरायलले ३३ बन्धकको बदलामा १,८९० प्यालेस्टिनी कैदीहरू रिहा गर्नेछ। दोस्रो चरणमा इजरायली सेना क्रमशः गाजाबाट फिर्ता हुनेछ भने अन्तिम चरणमा गाजाको पुनर्निर्माण कार्य अगाडि बढाइनेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया