Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

एक दुई वर्षअगाडि बाग्लुङतिरका एक बाहुनले सिडिओ अफिसमा दलितमा दर्ज हुन पाऊं भनी निवेदन हाले रे भन्ने सुनिएको थियो । ठ्याक्कै कारण त थाहा भएन तर तिनले जातमा बाहुन भएकै कारण बेलाबखत खप्नुपर्ने वचनबाण र सापेक्ष होइन, निरपेक्ष रूपमा भरसक ठाउं र अवसरबाट बाइपास गर्न खोज्ने प्रवृत्तिविरुद्ध व्यंग्यात्मक दनक दिन या अलि चर्चा पाउन पनि त्यसो गरेका हुंदा हुन् । त्यसबेला सुन्दा के गरे होलान् ती बाहुनले जस्तो लाग्थ्यो तर अब कतै ती बाजेको पदचापमा अरू बाहुनले पनि हिंड्नुपर्ने हो कि जस्तो लाग्न थालेको छ ।
Ambikaयथार्थ हो, नेपालका जनजाति, दलित र आदिवासीहरू सदियौंदेखि पिछडिएका छन् । उनीहरू अशिक्षित छन् र उत्पीडित अनि अवसर बाट अलि बढी वञ्चित छन् । तर त्यसको अर्थ बाहुन–क्षत्री जति जम्मै अवसरको हालीमुहालीमा छन् भन्ने हुंदै होइन । क्षत्रीबाहुनको शासन र प्रशासनमा बाहुल्यता छ भन्दैमा उनीहरू जति जम्मै जनजाति, दलित र आदिवासीका शत्रु हुन जस्तो गरिन्छ आजकाल । एउटा मानिसले बाहुन परिवारमा जन्मेकै कारण हीनताबोध गर्नुपर्छ, के त्यो जायज हो ? जातजातिको उत्थानका लागि धेरथोर क्षत्री–बाहुनको भूमिका छ । बाहुनवादको विरोध हामी पनि गर्छौं  र हिन्दू धर्मले खडा गरेका विभेद र विसंगति पनि बहिष्कार गर्दै आएका छौ“ । तर , बाहुनवाद र बाहुन एकै हो भनेजसरि क्षत्री–बाहुनको दोहोलो काढिन्छ र हीनताबोधको महसुस गराइन्छ अचेल ।

छेउछाउमै भएका एकै जातका र संगसंगैका दुई बिरुवामध्ये एउटा अलि ठूलो तर अर्को सानो छ भने बराबर बनाउन ठूलोलाई काट्नू मूर्खता हो । अहिले सानालाई बढाएर होइन, कि ठूला बिरुवालाई घटाएर समानता ल्याउने कसरत गरिदै छ । क्षत्री–बाहुनका सन्तान पढाइ–लेखाइमा अलि बढी खरा भए र अगाडि बढे अनि अवसरहरूमा अरूलाई उछिनेका  हेछन् भन्दैमा रिस गर्नु त भएन नि ! बाउबाजेका पालादेखिको जगले गर्दा उपल्लो जातिकाले कर्मचारीतन्त्र अनि शासन÷प्रशासनमा बढी प्रभुत्व जमाएका होलान् तर त्यसको अर्थ तिनले पिछडिएको जातकालाई पछारेर वा जालझेल गरेरै मात्र माथि उक्लेका हुन् भनी सोच्नु बुद्धिमत्ता हुन सक्दैन । जनजातिहरू गल्ला र लाहुरको धुनमा हुंदा गुन्द्रुकको झोल छाकैपिच्छे पखालेर खांदै पढ्नेहरू लोकसेवाको खुड्किलो पार गरि जागिरे भए त के नाजायज भो ? के पृथ्वीनारायण शाहले एकीकरण कालमा चालेका जायज÷नाजायज कदमहरूको ट्याग बाहुन कूलमा जन्मेका तर बाहुनका सबैजसो संस्कार त्यागि सकेकाहरूले पनि भिर्नैपर्छ भन्ने छ ? के जनजाति, दलित र अन्य जातजाति पिछडिनुको कारण उपल्ला जाति मात्र हुन सक्छन् ? के हामीले हाम्रा बाजे बराजुहरूले जे–जे गरे त्यो जम्मै सही नै छ भनेका छौ“ ? रूढिवादी संस्कार र पर म्पराका विकृति तोड्दै, जातीयताका विभेद लत्याएर जनजातिकोमा मात्र होइन, दलितकोमा पसेर भात खांदै, आफ़्नै बाबुआमाबाट घृणित र बहिष्कृत अनि गतिछाडामा दरिदै जातीयताको पर्खाल तोड्न दलितसँग नाता जोडेर आफ्नै परिवारसंग सधैंका लागि नाता तोड्नसम्म तयार हुने युवाहरू जातको हिसाबले क्षत्री बाहुनमा थुप्रै छन् ।
क्षत्री–बाहुनको पक्षधरता लिएको होइन मैले । तर, कुनै जाति समुदायलाई हीनताबोध गराउन खोजे उनीहरू पनि ‘मर्नुभन्दा बहुलाउनु निको’ को मानसिकतातिर स्खलित हुन सक्छन् भन्ने आशयचाहिं हो । निरपेक्ष जातजाति मात्र होइन, वर्ग पनि हेरेर अवसरको कुरा गरिनुपर्छ । वर्गीय हिसाबले दलितभन्दा विपन्न र अशिक्षित बाहुन कति छन् कति ! धरानका सुनुवारहरूसंग अलि कोल्टोतिर बसेका क्षत्री–बाहुन तुलना गर्न लायकका हुन्नन् । निम्सरो क्षमता भएकालाई क्षमतावान् बनाउने र अन्य क्षमतावानसंग टक्कर गर्न सक्ने बनाउनुभन्दा क्षमता नभए पनि अवसरका नाममा जिम्मेवारिको बोझ बोकाउने अहिलेको परिपाटी पिछडिएकैहरूका लागि हानिकारक हुन्छ । क्षमता विकास नगरी जिम्मेवारी दिए क्षमतावानहरूको दांजोमा काम गर्न नसकेमा तिनीहरू खिसिट्युरिका पात्र बनिरहन सक्छन् ।

दर्शनले नै सिद्ध गरिसकेको कुरा हो कि कुनै पनि कुराको विकास र विनाशमा या भनौं उत्थान र पतनमा आन्तरिक र बाह्य कारणको उत्तिकै भूमिका हुन्छ । त्यसको अर्थ हो कि दलित र जातजाति पिछडिनुका कारण उपल्ला जात मात्र होइनन् । अशिक्षालगायत कारण जिम्मेवार छन् तर दलित–दलितबीच हुने भेद पनि उनीहरू पिछडिनुको कारण हुन सक्छ ।
मलाई लाग्छ, निरपेक्षताको सिद्धान्त जहिलेसुकै र जहां पनि फेल खान्छ, सापेक्षताको सिद्धान्त नै वैज्ञानिक सिद्धान्त हो । वर्गीय नजरले हेर्दा कोही आर्थिक रूपमा गरिब भए पनि मानसिकरूपमा धनीमानी वा सामन्तभन्दा अझ खतरनाक प्रवृतिका पनि हुन्छन् । धनीमानीहरू सर्वहाराका पक्षमा मरिहत्ते गर्ने पनि हुन्छन् । जातीय आंखाले हेर्दा जनजाति परिवारमा जन्मिएका जति जम्मै जनजातिका हितमा लड्ने हुंदैनन् वा भनौं दलित परिवारमा जन्मेका जति जम्मै दलितको हितार्थ लाग्दैनन् र क्षत्री–बाहुनको कूल घरानमा जन्मँदैमा सबै ब्राह्मणवादी हुन्नन् । तर, जब कुनै जातिका आन्दोलन र दंगाफसाद वा पावर सो हुन्छन्, त्यहां सुर न तालसंग लगाइन्छन् बाहुनलाई काशी, क्षत्रीलाई फाँसीका नारा । अनि कटक्क दुख्छ मुटु र सोचमग्न हुन्छ मन । कति कुरा नजाति भए पनि त आखिर हाम्रा संस्कार र रिति–रिवाज, परम्परा तिनै हुन् नि ! हरपल, हरक्षण बाहुन–क्षत्रीको कटाक्ष र सत्तोसराप सुन्दा–सुन्दा कहिलेकाहीं त लाग्छ, ब्राह्मणवाद त्याग्ने नाममा क्षत्री–बाहुनका राम्रा÷नराम्रा सबैखाले रिति भांती, संस्कार र परम्परालाई मत्वालीकरण गरेर अस्तित्व सफायाको आत्मघाती पथतर्फ पो लम्कंदै छौं कि क्याहो हामी  ?
धर्मको नाममा उहिले कुनै साधु–सन्त, वर्ग वा शासकले कुनै अमिल्दो थिति बसाए वा कसैलाई अन्याय गरे भन्दैमा त्यसको हिसाब–किताब व्यहोर्न हामी बाध्य हुन सक्दैनौं । पिछडिएका जाति, वर्ग वा समुदायको उत्थानका लागि संघीयताको घनीभूत वकालत गर्ने मलाई लाग्छ, निरपेक्षताको सिद्धान्त जहिलेसुकै र जहां पनि फेल खान्छ, सापेक्षताको सिद्धान्त नै वैज्ञानिक सिद्धान्त हो । वर्गीय नजरले हेर्दा कोही आर्थिकरूपमा गरिब भए पनि मानसिक रूपमा धनीमानी वा सामन्तभन्दा अझ खतरनाक प्रवृतिका पनि हुन्छन् । धनीमानीहरू सर्वहाराका पक्षमा मरिहत्ते गर्ने पनि हुन्छन् ।

संघर्षको आंधी–बेहरि चलाउने अगुवा क्षत्री–बाहुनकै बच्चाबच्ची थिए, जसको हिमायती बनेर हामी पनि लहसिएकै हौं । जसको बेगले जातीय उत्थानका लागि संघीयता लागू गर्नैपर्ने अहिलेको बाध्यकारी अवस्था सिर्जना गरेको हो । ठूलो र बहुमत हिस्साको क्षत्री बाहुन समुदायलाई चिढ्याएर , पहिचानविहीन बनाएर पेलेको पेल्यै गरेर पछाडि पार्छौं भन्ने पारा नबदलिने हो भने त पिछडिएका समुदाय वा जातिका पक्षधर क्षत्री–बाहुन पनि चित्रबहादुर केसीहरूको हिमायती नबन्लान् कसरि भन्नु ? हरदमको खिसिट्युरिले पश्चगमनकारी कमल थापाहरूको हिस्सा मजबुत हुन बेर लाग्दैन ।

कुरा झन्डै दुई वर्षअगाडिको हो, म त्यसबेला मोरङको बेलबारी तिर थिएं । एकपटक संघीय लिम्बुवान राज्यपरिषद्ले सरकारसंग पहिले भएका कुन्नि के–के सहमति कार्यान्वयन गराउन अनिश्चितकालीन बन्द आयोजना गरेको थियो । बन्द खुल्ने ठेगान थिएन । दोकान पनि खोल्न नदिने उर्दी जारी गरेथे । स्थानीय दोकानेले एक÷दुई दिनसम्म त दोकान बन्द गरिदिए तर त्यसपछि खोल्न थाले । दोकान बन्द गर्न खोज्ने र खोल्ने व्यापारी बीच तनाव होला कि जस्तो अवस्था आयो । लोकल तहका कार्यकर्ताले उग्रता देखाएमा झडप हुने अवस्था आइलागेपछि सायद नेतृत्वले खटाएर होला, लिम्बुवान युवा भोलेन्टियरको केन्द्रीय तहका एक नेता आए त्यहां । नाम त ख्याल भएन तर ती निकै तगडाजस्ता लाग्ने र पढेलेखेकै थिए । तिनले बेलबारी झर्नेबित्तिकै बन्दको उर्दी नटेर्नेलाई लिम्बुवानविरोधीहरूको हर्कतका रूपमा चित्रित गरे अलि खरो भाषामा । तर, त्यहां दशथरी जातकाले पसल थापेका थिए । त्यहां करोडौं कारोबार गर्ने होइन कि घरको गर्जो टार्न बसिबियाँलो गर्नेहरू धेरै थिए । त्यसै त दुई÷तीन दिनदेखि अनायास सटर बन्द गरेर बसेका, त्यसमाथि दुई सय ३८ वर्षदेखि यसो गरे अनि उसो गरे भन्दै राजा महाराजाको तहमा दांजेर जाति विशेषप्रति वितृष्णा फैलाउने आशयसहित सत्तोसराप गर्दै लिम्बुवानविरोधीहरूलाई खेदाउने बोली लिम्बुवानका नेताले ओकलेपछि बेलबारीवासीको पारो तात्यो ।

केही लिम्बुवानवालाको बोलीचाली र व्यवहारको उग्रतामा मौन रहन सकेनौ हामी । किन कि न त्यो लिम्बुवान राज्य दिनुहुन्न भनेर गरिएको प्रतिकार थियो न त कुनै नाजायज काम । गरिखान देऊ भन्ने आशय थियो व्यापारीको ! त्यसैले लिम्बुवान राज्प्रति मौन समर्थन गरीआएकाहरू पनि त्यहांका जनतालाई साथ दिने पक्षमा उत्रियौं । अन्त्यमा चिढ्याइएका व्यापारीको अगाडि सरेर लिम्बुवानका नेतालाई भनियो, ‘के तपाईंहरू जातीय विखण्डन खडा गरेर लिम्बुवान राज्य ल्याउन सकिन्छ भन्ने ध्येयमा हुनुहुन्छ ? हो, पृथ्वीनारायण शाहजस्ता राजा–महाराजाले अन्याय गरे होलान्, विभेदकारि रितिथिति बसाले होलान् । तर के ती सब कुराको अपजस हामीले व्यहोरीदिनुपर्ने ? के बाहुन–क्षत्री कूलमा जन्मनु अपराध हो ? कि हामीले पनि सबै कुरा छाडेर लिम्बू, गुरुङ अनि दमाईं आदि थर लेख्न थाल्नुपर्ने ? के बिगारेका छौं, हामीले क्षत्री–बाहुनको छोराछोरी भई जन्मेर ? लिम्बुवान राज्यपरिषद्को केन्द्रीय तहमा पदम अधिकारीहरूलाई किन राख्नुहुन्छ ? के क्षत्री–बाहुनले अरू जातिको जस्तो जातीय संगठन गर्न चाहे भने सक्दैनन् ?’ इलाका प्रहरी कार्यालयको प्रांगणमा भएको सर्वदलीय जस्तो जमघटमा लिम्बुवान राज्यपरिषद्का नेता–कार्यकर्ता नाजवाफ भए । अन्त्यमा जातीय वितृष्णा फैलने आशयका कुरा गरेकोमा क्षमा मागेर ती नेता बाटो लागे ।

केशव मैनालीका शब्दहरू सापटी लिएर  त्यही आशयमा भन्ने हो भने दक्षिणबाट छिरेर एक – दुई साल पनि नभईकन हात–हातमा नेपाली नागरीकता लिएकाहरू पहाडियाले दुई सय ३८ वर्षदेखि शोषण, दमन, अन्याय, अत्याचा र र थिचोमिचो गरे भनी तिनै क्षत्री–बाहुनलाई इंगित गर्दै दागा धर्छन्, न्वारनदेखिको बल निकालेर उफ्रन्छन् । तर , सिरहा–सप्तरीतिरबाट पहाडी समुदायका दर्जनौंलाई मारेर हजारौलाई घर न घाटको बनाउंदै भूमिगत गिरोहले लखेट्दा त्यसविरुद्ध शब्दोच्चारणसम्म नगर्ने अहिलेका असली मधेसवादीहरूले त्यसबेला पहाडमा रहेका मधेसी समुदायका एकजना जागिरे वा व्यापारी पनि पहाडबाट लखेटिनु नपरेको क्षण पनि सम्झनुपर्छ ।
क्षेत्री बाहुनहरुको अस्तित्व नस्वीकारेर ब्राह्मण समाज र खसक्षत्री समाज प्रतिबन्धित हुन सक्लान् ? के सुदूरपश्चिमलाई एउटै प्रदेश बनाउन माग गर्नेहरूलाई तिम्रा पुर्खाले यसो–उसो गरे भनेर खल्लीबल्ली गर्न सकिएला ?

खुला कोटामा पनि दलित वा जनजाति आदिले सम्बन्धित विषयको सुझबुझ अनि मर्म नबुझेको भए पनि अवसर पाइहाल्ने तर द्वन्द्वपीडित र सम्बन्धित विषयमा दखल र सुझबुझ भए पनि क्षत्री–बाहुनका पुत्रले अवसर नपाउने परिपाटीको कति अवसरमा शिकार भएको छु म पनि । ०६० या ०६१ तिर हिमाल एसोसिएसनले दाताको सहयोगमा आयोजना गरेको पत्रकारिताको निकै उन्नत खालको तालिममा द्वन्द्वपीडित पत्रकार भए पनि क्षत्री–बाहुन भएकै कारणले वञ्चित गराइएको थियो । बूढी मरी भन्दा पनि काल पल्कियो भन्ने पीर भनेझैं पहिले गरेको भनिएको जातिवादी एकांगी चालालाई उल्ट्याएर निरपेक्ष पाराले अर्को खाले उही प्रवृत्तिले पछि गएर गलत संस्कार बस्ला कि नकारात्मक सन्देश बन्न गई नराम्रा नतिजा पनि देला भन्ने चिन्ता मात्र हो । यो तीतो पोखाइलाई अक्षमता र बेवकुफीको अनि वैचारिक दरिद्रताको उपज, डाह र छट्पटी वा पागलपन ठान्न सक्छन् तर त्यसो भएमा म पनि तिनलाई भन्नेछु– सेम टु यु ।
[email protected]

 

 

 

 

 

सौजन्य: जनआस्था

तपाईको प्रतिक्रिया