Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस चलिरहेका बेला निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थुनछेक बहस अन्तिम चरणमा पुगेका बेला जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रबैंक चोक, वाइचोक, र सहिद चोकलगायतका स्थानमा सवारीसाधन आवागमन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार यो सुरक्षा व्यवस्थालाई कडा बनाउने रणनीति मात्र हो, औपचारिक रूपमा निषेधाज्ञा भने जारी गरिएको छैन ।

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत कास्कीमा जारी थुनछेक बहसले अन्तिम चरणमा प्रवेश गरेको छ । यस प्रकरणमा प्रमुख प्रतिवादी रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईंको बहस पूरा भइसकेको छ । अब रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका तर्फबाट कानुनी बहस बाँकी छ ।

मंगलबार लामिछानेको बहस सकिएपछि रास्वपाका समर्थकहरूले अदालत परिसरबाहिर नाराबाजी गरेका थिए । यसले सुरक्षाकर्मीलाई थप सतर्क बनाएको छ । बुधबार प्रतिवादीतर्फका बहस सकिने अनुमान गरिएको छ भने बिहीबार सरकारी वकिलको जवाफी बहसपछि अदालतको आदेश आउने सम्भावना छ ।

सुरक्षाकर्मीले रास्वपाका समर्थकहरूको बाक्लो उपस्थिति र सहकारी पीडितहरूको प्रदर्शनको सम्भावना रहेको बताउँदै सुरक्षा चुनौतीका लागि तयार गरिएको जनाएको छ । गत कात्तिक ४ गते रवि लामिछानेलाई अदालतमा म्याद थपका लागि लैजाँदा रास्वपाका कार्यकर्ताको भीडले तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया