Deneme Bonusu Veren Siteler
आइतबार, पौष २१, २०८१
Sunday, January 5, 2025

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् । प्युठानको जुम्रीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति आपत्ति जनाए । उपमहासचिव पुनले भने, ‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । प्रक्रिया नपुर्‍याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो ।’

राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । उनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने बताएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया