Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै कडा आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहद्वारा जारी गरिएको विज्ञप्तिमा सुदूरपश्चिमको मौलिक भाषा, संस्कार र संस्कृतिको अपमान गर्ने खालका गीत-संगीतप्रति खेद व्यक्त गरिएको छ।

विज्ञप्तिमा मौलिक परम्परा, कला र संस्कारलाई होच्याउने प्रवृत्तिप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै, यस्ता सामग्रीले संस्कृति र सभ्यताको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ। विशेषतः परम्परागत र पूजनीय शब्दहरूलाई खिल्ली उडाउने शैलीमा प्रस्तुत गरिनु अमर्यादित भएको बताइएको छ। ‘नमस्ते ढोगदिया’ नामक एक गीत सार्वजनिक भएपछि प्रतिष्ठानले यस्तो आपत्ति जनाएको हो। विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत काली कर्णाली क्षेत्रको संस्कारको बेइज्जती हुने गरी अपाच्य गीत-संगीतको प्रकाशन र प्रसारण भएकोमा गम्भीर आपत्ति जनाइएको छ।

केही दिनअघि मात्र सार्वजनिक उक्त गीत दुई दिनभित्र झन्डै ५ लाख पटक हेरिएको छ। प्रतिष्ठानले यसबारे सतर्कता अपनाउन, यस्ता सामग्रीलाई नियन्त्रण गर्न र संस्कृतिको सम्मान सुनिश्चित गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया