Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मंगलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।

नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन् । यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।

आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया