काठमाडौं – आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए । त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए ।
यो जितपछि समूह ए’मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ । अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रकाशित समय: १३:१५:५८