Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – घुम्टे युवा परिवार जापानले तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । युवा परिवारले आगामी साउन १० गते (जुलाई २५ तारिख) बिहीबारका दिन जापानमा प्रतियोगिता गर्ने भएको हो ।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको संस्थाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ तेस्रो संस्करणका रुपमा प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए ।

अध्यक्ष थापाका अनुसार, घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न आवश्यकता महशुष गरि प्रतियोगिताको आयोजना सुरुवात गरिएको हो ।

प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थालगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहको सचिव प्रकाश केसीले बताए । ‘प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौं,’ उनले भने ।

हामीले आयोजना गरेका प्रथम र द्वितीय सिल्भर कप प्रतियोगिताको अनुभव र सिकाईलाई ध्यानमा राखेर जापानमा संचालन गरिने अन्य भलिबल प्रतियोगितालाई समेत नमूना प्रस्तुत गर्ने गरि संस्थाले खेल संचालन गर्न आवश्यक तयारी गरिने सचिव केसीले बताए ।

खेल 〒1286 Niizo, Toda, Saitama 335-0021 मा रहेको TODA CITY SPORTS CENTER को खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुनेछ ।

खेल प्रतियोगिताको पुरस्कार रासी, विधागत पुरस्कार र टाईसिट लगायत अन्य विषयहरु केहि समय पछि सार्वजनिक गरिने खेल संयोजक कृष्ण खड्काले बताए ।

तपाईको प्रतिक्रिया