काठमाडौं – अमेरिकाको भर्जिनियामा भएको एक कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब ७ बजेतिर स्यान्टिल्ली क्षेत्रको विन्डम होटल नजिकै रहेको पोखरीमा कार खस्दा घटना भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
दुर्घटनामा ५५ वर्षीय कर्ण खड्का र उनका २० वर्षीय नातेदार निश्चल भट्टको मृत्यु भएको छ । एनबीसी वाशिङ्गटन डटकमका अनुसार, खड्का सोही होटलमा हाउस किपिङको काम गर्थे । उनले आफ्नो भान्जा नाता पर्ने भट्टलाई पनि त्यही होटलमा काम गर्नका लागि ल्याएका थिए । दुर्घटना पार्किङ क्षेत्रबाट कार चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खस्दा भएको हो ।
कारको अगाडिको भाग पूर्ण रूपमा पानीमा डुबेको थियो । त्यहाँका नेपाली समुदायका अनुसार अत्यधिक चिसो मौसम र उद्धारमा भएको ढिलाइका कारण दुर्घटनामा परेका दुवै जनालाई बचाउन सकिएन । घटनाले भर्जिनियामा रहेका नेपाली समुदाय शोकमा डुबाएको छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: शुक्रबार, पौष २६, २०८१
प्रकाशित समय: ११:११:०८