Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा ल्याइएको छ । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले भने, ‘सगरमाथा आरोहणका लागि बाटो बनाउन गएका आठ जना अनुभवी ‘आइसफल डाक्टर’ (हिमालमा बाटो बनाउने मान्छे) शेर्पाले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो तयार पारेका छन् । यस पटक विगतका वर्षमा प्रयोग भएको रुटमा हिउँ अस्थिर देखिएकाले पुरानो रुटनजिकै भएर दोस्रो शिविरसम्मको ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) पूरा भएको छ ।’ सन् २०१३ देखि सन् २०१४ सम्म प्रयोग भएको बाटोमा हिउँको अवस्था अस्थिर देखिएकाले नयाँ बाटो निर्माण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) बाट चैत १ गते आधार शिविरमा क्षमा पूजा गरी हिउँ कुल्चिएर अघि बढेका आठ जना अनुभवी शेर्पाको समूहले दोस्रो शिविरसम्मको बाटो तयार पारेर आधार शिविर फर्किएका छन् । दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा यस पटक पर्वतारोहण सञ्चालक सङ्घका तर्फबाट ‘सेभेन समिट टे«क्स’ ले पाएको छ ।

सेभेन समिट ट्रेक्सका देन्डी शेर्पाको नेतृत्वको १० जना आइसफल डाक्टरको टोली दोस्रो आधार शिविरदेखि चुचुरोसम्मको बाटो बनाउने तयारीमा लागेको उनले बताए । एसपिसिसीले विसं २०५४ देखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर दोस्रो शिविरसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ ।

आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफललगायतका ठाउँको बाटो बनाउन निकै अप्ठ्यारो मानिन्छ । ल्होत्से र नुप्से हिमाल आरोहणको समेत सोही बाटो प्रयोग गर्ने भएकाले समय समयमा बिग्रिइरहने यो बाटो बनाउन धेरै भ-याङ, डोरी र समय लाग्ने गरेको छ । सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट दोस्रो शिविरसम्म पटक पटक आवतजावतमा प्रयोग हुने यो बाटो बिग्रिरहने भएकोले बाटो बनाउन समय लाग्ने गरेको हो । –गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया