Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो । नेपालले आज दुई खेलाडीलाई डेब्यूको मौका दिएको छ । नेपालले क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकाललाई डेब्यूको मौका दिएको हो । यी दुवै खेलाडीले हालै सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

 

तपाईको प्रतिक्रिया