Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । समुह ‘डी’मा रहेको नेपालको यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि इस्ट लण्डनस्थित बफेलो पार्कमा शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार ब्यहोरेको थियो । अहिलेसम्म समुह ‘डी’मा न्यूजिल्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार ब्यहोरेका हुनाले आज हुने खेलको विजेता समुह ‘डी’बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुनेछ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिएका छन् । यस विश्वकपमा १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । समुह चरणमा एक अर्कासँग खेलेपछि हरेक समुहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्नेछन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् । त्यस्तै समुह ‘सी’मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह ‘डी’मा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्ड र नेपाल रहेका छन् ।

 

तपाईको प्रतिक्रिया