Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – कलाकार दीपकराज गिरी अहिले काठमाडौँको मेयर बालेन्द्र साहको विरोधमा देखिएका छन् । उनी कहिले बृहत् नेपालको विरोध गर्छन् त कहिले आदिपुरुषलाई लिएर बालेनले गरेको पोस्टको घुमाउरो तरिकाले विरोध गर्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यही क्रममा उनले पछिल्लो पटक एउटा पोस्ट गरे- ‘एउटा भाइले भने ‘दाइ फेसबुक हेर्नु भो, तपाईँले गाली खाइ रहनु भा छ ! मैले भनेँ- ‘होइन भाइ कसैले गाली दियो होला, तर मैले खाएको छैन ! शुभ प्रभात !!’

यो पोस्ट गिरीकै ‘आदिपुरुष’ सम्बन्धित पोस्टमा आएको गालीलाई लिएर थियो । यही पोस्टमा माग्ने बुढाले कमेन्ट गरेका छन् । ‘छिमेकी र बाउको झगडा पर्‍या बेला छिमेकीलाई फाइदा पुग्ने गरी बोल्दा दाजुभाइको एक-दुई मुक्का भेट्नु सामान्य कुरा हो ।’

अब दीपक पनि के कम । फर्काई हाले जवाफ- ‘केदार प्रसाद घिमिरे, वाउ एनोदर पपुलिस्ट कमेन्ट फ्रम माई ब्रदर !!! स्ट्याटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु !’

यी पोस्ट र प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । कतिले भने यही कारण ‘छक्का पञ्जा’ समूहको अर्को फिल्ममा केदार नपर्ने पो हुन कि भन्ने चिन्तासमेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया