Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौँ – तामाङ समुदायले आज आइतबार राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५९ मनाउँदै छ । ह्योअी विरालो वर्षको रुपमा मनाउने यस पर्वको अवसरमा सो समुदायले आज काठमाडौंको टुँडीखेलमा महोत्सव मनाउँदै छ । महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको आयोजक नेपाल तामाङ घेदुङले जनाएको छ ।

घेदुङका कार्यबाहक महासचिव जगतमान लामा तामाङका अनुसार आज दिउँसो १ बजे महोत्सवको उदघाटन प्रधानमन्त्री प्रचण्डले गर्नुहुनेछ । सो अवसरमा तामाङ समुदायको सांस्कृतिक प्रदर्शन गरिनुका साथै सो समुदायको खानाका परिकार, भेषभुषा, हस्तकलासहित नृत्य प्रस्तुति गरिने छ । औपचारिक कार्यक्रममा सो समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा वहस गराइनेछ ।

टुँडीखेलमा महोत्सव गत शुक्रबारदेखि शुरु भए पनि उदघाटन आज शुक्रबार गर्न लागिएको कार्यबाहक महासचिव तामाङले जानकारी गराउनुभयो । पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका प्रमुखहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया