Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस आजदेखि सुरु हुने भएको छ। अदालतमा हिजो उनको बयानको पालो नआएका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन।

लामिछाने संघीय संसदको सांसद पदबाट हिजो निलम्बनमा परेका थिए। कास्की जिल्ला अदालतले थुनछेक बहसपछि उनीसहित अन्य प्रतिवादीलाई धरौटी, साधारण तारेख, वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिन्छ।

सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछाने र छविलाल जोशीसहित ४४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ। पाँच जनालाई भने बिगोअनुसारको सम्पत्ति जफतको लागि मात्र प्रतिवादी कायम गरिएको छ।

लामिछानेमाथि तीन फरक अभियोग दर्ता गरिएको छ– सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण। गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग हालै मात्र दर्ता भएको थियो।

प्रहरीको अनुसन्धानले रवि लामिछाने र समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको देखाएको छ। सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर ५ करोड ४८ लाखको दुरुपयोग गरिएको पाइएको छ। लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया