Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फरार सूचीमा रहेकी उनी आइतबार आफैं निवेदन दिएर अदालतमा उपस्थित भएकी थिइन् । आइतबार थुनछेक बहस सकिए पनि सोमबार अदालतले शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब उनी नियमित तारिखमा रहेर थुनाबाहिरै मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन् । शाहीको प्रहरी निरीक्षक पदको निलम्बन भने कायमै रहनेछ ।

यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हबल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन् । यही घटनामा सम्बन्धित दर्शन पोखरेल अहिले पनि फरार सूचीमा छन् । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न भएको आरोप शाहीलाई लागेको थियो । यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

शाहीसँग हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुष्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुष्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताज मूल भन्ने तजम्मुल इस्लामको समूहले सुष्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया