Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको अद्यावधिक विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको छ। साथै, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारजस्ता मुद्राको पनि मूल्य बढेको छ भने युरो र पाउन्ड स्ट्रर्लिङलगायतका मुद्राको दरमा गिरावट आएको छ।

अमेरिकी डलरको खरिद दर १३५ रुपैयाँ ९० पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा रहेको छ, जुन हालसम्मकै सर्वाधिक हो। यसअघि, गत शुक्रबार यो दर १३५ रुपैयाँ ८३ पैसा र १३६ रुपैयाँ ४२ पैसा थियो। अन्य मुद्राको दरतर्फ, युरोको आजको खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९४ पैसा छ। पाउन्ड स्ट्रर्लिङको खरिद दर १७० रुपैयाँ ४४ पैसा र बिक्री दर १७१ रुपैयाँ १९ पैसा छ।

त्यसैगरी, अस्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ९५ पैसा र बिक्री दर ८५ रुपैयाँ ३३ पैसा छ। कुवेती दिनारको खरिद दर ४४१ रुपैयाँ ०२ पैसा र बिक्री दर ४४२ रुपैयाँ ९७ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३६० रुपैयाँ १९ पैसा र बिक्री दर ३६१ रुपैयाँ ७८ पैसा कायम छ। राष्ट्र बैंकले नियमित रूपमा प्रकाशित गर्ने विनिमय दरले विदेशी मुद्रा व्यापारमा दिशानिर्देश दिने कार्य गर्दछ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया