आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च नागोयाको अध्यक्षमा कृष्ण भुसाल सर्वसम्मत चयन भएका छन् । आइतबार नागोयामा सम्पन्न चौथो अधिवेशनबाट भुसाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनको खुल्ला सत्र आयोजक समितिका उपसंयोजक नरेश राईको अध्यक्षता एवं सचिव कुमार अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्र भने नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलको अध्यक्षता र नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटी सचिवालय सदस्य मिलन घिमिरे सञ्चालनमा सम्पन्न भएको हो ।यसअघि प्रवासी नेपाली मञ्च जापानकै नेतृत्व चयनमा नागोया क्षेत्रको अहम् भूमिका रहँदै आएकोले यो अधिवेशनलाई चासोका साथ हेरेका थिए । नागोयाले अनुभवी, सबैलाई मिलाएर लानसक्ने नेतृत्व पाएको विश्लेषण छ । अध्यक्ष भुसाल प्रवासी मञ्च जापानका केन्द्रीय सदस्य समेत हुन् । भुसालले जापानमा विद्यार्थीहरूको संस्था नेसाजको अध्यक्ष भई नेतृत्व गरिसकेका छन् भने धेरै संघसंस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ ।

अधिवेशनले उपाध्यक्षमा नरेश राई,सचिव कुमार अधिकारी, उपसचिव सरोज काफ्ले र ईश्वर थापा चयन गरेको छ । कार्य समिति सदस्यहरूमा रविन सापकोटा, मदन खड्का, नरेश बम, सरू काफ्ले, विशाल खत्री, मदन भण्डारी, सी पी जमर कट्टेल,राजेन्द्र लम्साल रहेका छन् । विशाल क्षेत्री, भैरव अधिकारी, मनोज खनाल, सरोज कुसर, विजेता राई,सरोज गुरुङलाई पनि सदस्यमा चयन गरेको छ ।अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाली प्रवासी मञ्च पूर्वी एसिया क्षेत्रीय महादेशीय कमिटीका संयोजक डा. सरोज कँडेल एवं नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाकाबारे चर्चा गरेका थिए ।नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटी सचिवालय सदस्य मिलन घिमिरे, नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटी सदस्यहरु अर्जुन केसी, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, रेस्टुरेन्ट व्यवसायी तथा कलाकार प्रेम राई, नेपाल पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटा, नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार कविकिरण न्यौपाने लगायतले निर्वाचित समितिलाई बधाई तथा शुभ कामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया