Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
सुशील भट्टराई
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सीता एयरको शुक्रबार बिहान सबेरैको जहाज दुर्घटना चरा ठोक्किएर भएको औपचारिक घोषणा गर्‍यो। तर, कसरी भन्ने अझै सार्वजनिक नगरे पनि निजी वायुसेवा कम्पनीहरूको छाता संगठनका एक उच्च पदाधिकारीले यसबारे खुलासा गरेका छन्।
वायुसेवाका छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार सीता एयरको जहाज दुर्घटना कसरी भयो भन्ने खुलासा गरेका हुन्।
‘सीताको जहाज धावनमार्गबाट उड्नासाथ दायाँ पखेटातर्फ रहेको इन्जिनमा चरा (चिल) ठोक्कियो,’ क्याप्टेन थापाले शनिबार नागरिकसँग भने, ‘चरा ठोक्किएपछि दायाँ इन्जिनमा घुमिरहेको पंखा (प्रोपेलर) को टुक्रा उछिट्टिएर पुच्छरको ‘भर्टिकल फिन’ (रड्डार) मा प्वाल पार्‍यो।’
उनका अनुसार भर्टिकल फिन जहाजको महत्वपूर्ण भाग हो। यो दायाँ-बायाँ चल्छ। यसले जहाजलाई दायाँ-बायाँ कुन दिशामा लैजाने भन्ने निर्क्याेल गर्छ। यो बायाँ चल्दा जहाज दायाँतिर जान्छ भने दायाँ चल्दा जहाज बायाँतिर जान्छ। यो फाइबरले बनेको हुन्छ। यसको उचाइ करिब १२ फिट हुन्छ।
यही भर्टिकल फिन प्वाल परेपछि (तस्बिरमा रातो घेरा) जहाज अनियन्त्रित हुँदै भक्तपुर मनोहरा खोला किनारमा दुर्घटनाग्रस्त भएको थापाले जानकारी दिए। ‘जहाज आगो लाग्दै भुइँमा खसेको भनिए पनि त्यही भर्टिकल फिनबाट धुवाँमात्र निस्किएको थियो,’ उनले भने, ‘भुइँमा बजारिएपछि मात्र जहाजमा आगलागी भएको थियो। दुर्घटना छानबिन आयोगलाई यो तथ्यले थप सहयोग गर्ने विश्वास छ।’
विमानस्थल टावर स्रोतका अनुसार धावनमार्गबाट उडेर जहाज ५० फिटमाथि पुग्दा चरासँग ठोक्किएको थियो। धावनमार्गबाट १५ मिटर माथि उडेपछि मात्र त्यसलाई ‘टेकअफ’ भनिन्छ। चरा ठोक्किए पनि जहाज अगाडि गइरह्यो। त्यसपछि चालकदलले जहाजलाई पूरै घुमाएर पुनः विमानस्थलतिरै फर्काउन खोजे पनि ढलपल हुँदै बायाँपट्टि ढल्किँदै जहाज भुइँमा खसेको थियो।
एक वरिष्ठ पाइलटका अनुसार जहाज उडिरहेसम्म दुबै इन्जिन चलाइरहनुपर्छ। निश्चित उचाइमा उडिरहेका बेला जहाजमा चरा ठोक्किएर एउटा इन्जिनले पूर्णरूपमा काम गर्न छाडे पनि अर्को इन्जिनले सहजै अवतरण गराउन सक्छ।
‘दुई इन्जिन भएको जहाजलाई एउटैको भरमा पनि अवतरण गराउन सकिन्छ,’ उनले भने, ‘तर, एउटामात्र इन्जिन भएकामा समस्या आयो भने सकेसम्म चाँडो ‘ग्लाइड’ गराउँदै नजिकैको खुला चौर वा सम्म बाटो वा खेतमा अवतरण गराउन सकिन्छ।’ एउटा (सिंगल) इन्जिन भएका जहाजको तौल कम र बढीमा ६ देखि १० सिट हुने उनले बताए।
हेलिकोप्टर कम्पनी सिमि्रक एयरका अध्यक्ष र क्याप्टेनसमेत रहेका थापाले शुक्रबार बिहान सीताको त्यही जहाजमा लुक्ला जान टिकट बुक गरेका थिए। ‘कामका सिलसिलामा लुक्ला जान पहिलो उडानमै टिकट बुक गरेको थिएँ,’ उनले भने, ‘बिहान विमानस्थल जानुअघि आज नभ्याइएलाजस्तो लाग्यो र सवा ५ बजे टिकट रद्द गराएँ। आफू नगएको जहाज उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको सुनेपछि मुटु नै ढक्क फुल्यो। धन्न, भाग्यले बाँचे।’
सीताको कलसाइन ९ एन एएचए डोर्नियर-२२८ मोडेलको उक्त जहाज शुक्रबार बिहान ६ः१७ बजे त्रिभुवन विमानस्थलबाट उडेको एक मिनेटमै दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यु भएको थियो। दुर्घटनास्थल मनोहरा नदी किनार विमानस्थल धावनमार्गबाट करिब ५ सय मिटर पूर्वमा पर्छ।
जहाजलाई क्याप्टेन विजय तण्डुकारले कमान्ड गरेका थिए। साथमा को-पाइलट थाकेसी थापा र एयर होस्टेस रुजा शाक्य थिइन्। यात्रुमा चार नेपाली, सात बेलायती, चार चिनियाँ र एक अमेरिकी थिए।
दुर्घटनामा एक अमेरिकी
सीता एयरको डोर्नियर जहाज दुर्घटनामा एक अमेरिकीको पनि मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनापछि सीता एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई उपलब्ध गराएको नाम सार्वजनिक हुँदा चालकदलका तीनसहित यात्रुतर्फ चार नेपाली, सात बेलायती र पाँच चिनियाँ रहेको उल्लेख थियो।
‘पाँच चिनियाँको नाम सार्वजनिक भए पनि अहिले तीमध्ये एकजना अमेरिकी नागरिक भएको पत्ता लाग्यो,’ सरकारका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने, ‘पासपोर्टको प्रतिलिपि हेरेपछि उनी अमेरिकी भएको पुष्टि भयो।’
उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका अमेरिकी नागरिक चिनियाँ मूलका थिए। अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका विद्यार्थी उनको नाम वु हुई थियो। उनको पासपोर्ट नम्बर ४८५२८३७८ हो। उनले सीताबाट पाएको हवाई टिकट नम्बर ७२०६३ थियो।
बेलायती अधिकारी काठमाडौंमा
जहाज दुर्घटनाबारे सत्यतथ्य बुझ्न बेलायतबाट दुई अधिकारी शनिबार काठमाडौं आएका छन्। बेलायत सरकारले खटाएका उनीहरूले यहाँ गठित दुर्घटना छानबिन आयोगसँग मिलेर काम गर्ने आयोगका सदस्य सचिव सुरेश आचार्यले जानकारी दिए।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुरूप बेलायतबाट स्टुआर्ट हकिन्स र जेरेन्ट हार्बर यहाँ आएको आचार्यले जानकारी दिए। कुनै पनि जहाज दुर्घटनापछि मृतकका देश र जहाज निर्माता कम्पनीका प्रतिनिधि सम्बद्ध देश जान पाउने आइकाओको नियम छ।
‘बेलायतीहरू दुर्घटनास्थल जान पाउँछन्, यहाँ सम्बद्ध वायुसेवा कम्पनी, विमानस्थल, प्राधिकरणलगायत सबै निकायमा गई दुर्घटनाबारे बुझ्न पनि पाउँछन्,’ आचार्यले भने, ‘जहाज निर्माता कम्पनी जर्मनीको डोर्नियरका प्रतिनिधि पनि आउने खबर आएको छ। चीनबाट आउने/नआउनेबारे कुरा भइरहेको छ।’
वायुसेवालाई गम्भीर हुन निर्देशन
सीताको जहाज दुर्घटनापछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटीले सबै वायुसेवा कम्पनीका सञ्चालकलाई बोलाएर उडान सुरक्षामा ‘गम्भीर’ हुन निर्देशन दिए।
मन्त्री बोगटीको अध्यक्षतामा शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा झन्डै चार घन्टा भएको बैठकमा उनले सबैखाले वायुसेवा कम्पनीलाई गुणस्तर सुनिश्चितता र उडान सुरक्षामा गम्भीर हुन निर्देशन दिएका हुन्।
त्यसैगरी उनले प्राधिकरणबाट नियमनमा विशेष ध्यान दिइँदै प्राविधिक तथ्यांक अद्यावधिक गरी अनुगमन तथा सुपरिवेक्षण व्यापक गराउन निर्देशन पनि दिए।
‘यसमा वायुसेवा कम्पनीमात्र होइन, सम्बद्ध सरकारी निकाय पनि गम्भीर हुनुपर्छ,’ मन्त्री बोगटीले भने, ‘सीताको जहाज दुर्घटना भएको आधा घन्टामै बेलायती र चिनियाँ दूतावासले आफ्ना नागरिकबारे सोधपुछ गरे, तर दुई दिन बितिसक्दा पनि हामीले सही व्यक्ति पत्ता लगाउन सकेका छैनौं।’
उनका अनुसार दुर्घटनालगत्तै यात्रुको नागरिकता/परिचयपत्र/पासपोर्टको प्रतिलिपि पाउन सकिएन। जहाजमा ब्यागेज हालेको भए पनि ‘मेनिफेस्टो’ मा आधिकारिक हस्ताक्षर थिएन।
‘अझै हामीले मृतक विदेशी यात्रुको पासपोर्टको प्रतिलिपि पाउन सकेका छैनौं। यस्तो पाराले कसरी काम गर्न सकिन्छ? विदेशीलाई के जवाफ दिने? यो गम्भीर विषय हो,’ मन्त्री बोगटीले भने, ‘यो घटनाबाट सम्बद्ध सबै सतर्क हुन जरुरी छ।’
बैठकमा मन्त्रालयका अधिकारीसहित प्राधिकरण, त्रिभुवन विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरू थिए। यसैगरी बैठकले काठमाडौं, पोखरा र नेपालगन्जमा तुरुन्त उडान सुरक्षा निरीक्षक तैनाथ गर्ने निर्णय पनि गरेको छ। विमानस्थल सुरक्षा, प्राधिकरण र वायुसेवा कम्पनीबीच राम्रो समन्वय गराउन निरन्तर बैठक गर्ने निर्णय पनि भएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया