Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
– मोतीराम तिमल्सिना
काभ्रे- शुक्रबार बिहान भक्तपुरको मनोहरा खोला किनारमा भएको सीता एयरको विमान दुर्घटनामा एयर होस्टेज रुजा शाक्यको मृत्यु भएपछि बनेपा शोकमा डुबेको छ । रुजा पढ्ने बनेपाकै बनेपा सिद्धार्थ कलेज तथा उच्च माविले बिहानै श्रद्धाञ्जली सभा आयोजना गरी शोक मनायो ।
कक्षा ११ देखि नै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित रुजाले कलेज र साथीहरूबीच राम्रो छाप छाडेकी थिइन् । ‘सीता एयरको विमान दुर्घटना भन्नेबित्तिकै झसंग भएँ,’ कलेजकी मिल्ने साथी दिना पलाञ्चोकेले भनिन् । २०४३ साल माघ २२ गते बनेपामा जन्मिएकी रुजा परिवारकी कान्छी छोरी हुन् । विगत १० वर्षदेखि दाइ रोमन फ्रान्समा बस्दै आएका छन् । दुई दिदीको विवाह भइसकेको छ । विद्या सागर स्कुल बनेपाबाट २०६० सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि भक्तपुरको एभरेस्ट कलेजमा विज्ञान विषय लिएर अध्ययन गरेकी रुजा सफल हुन सकिनन् । सानैदेखि एयर होस्टेज बन्ने सपना बोकेकी रुजाले बानेश्वरमा ६ महिने तालिम लिइन् ।
विज्ञान विषयमा असफल भएपछि २०६४ सालमा व्यवस्थापन विषय लिएर बनेपाकै सिद्धार्थ कलेजमा अध्ययन गरेकी रुजाले २०६६ मा दोस्रो श्रेणीमा +२ उत्तीर्ण गरिन् । नियमित कक्षामा आउने रुजा मेधावी विद्यार्थी भएको प्राचार्य ज्ञानबहादुर केसीले जानकारी दिए । कलेजमा क्याम्पस प्रमुख पुकार कर्णजितसँग सानैदेखिको सपना पूरा भएको बताएकी थिइन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया