Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभीसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघले यसअघि पहिलो चरणको प्रशिक्षणमा २० खेलाडीलाई संघले बोलाएको थियो । जसबाट दोस्रो चरणका लागि १५ खेलाडी नाम सार्वजनिक गरिएको हो । जसबाट अन्तिम १२ छनोट अर्को साता हुनेछ । संघले नियमित राष्ट्रिय टोलीबाट खेलिरहेकी रेश्मालाई बाहिर राखेको छ । विभागीय टोली एपीएफ क्लबमा आवद्ध रेश्माले क्लब स्तरमा समेत राम्रो प्रदर्शन दिन सकिरहेकी थिइनन् ।

संघले १३औँ दक्षिण एसियाली प्रतियोगिता र सेन्ट्रर जोन खेलेकी जानकी भण्डारी र पुनम चन्दलाईसमेत बाहिर राखेको छ । पहिलो चरणबाट प्रशिक्षक जगदिश भट्टले पुलिसकी शान्तिकला तामाङ र उषा विष्टलाईसमेत बाहिर राखेका छन् । पहिलो चरणमा आर्मीका पाँच खेलाडी छन् । यस्तै, पुलिसबाट चार खेलाडी रहँदा न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लबबाट समान ३-३ खेलाडी रहेका छन् ।

प्रशिक्षक भट्टले १५ सदस्यीय टोलीमा लक्ष्मी चन्दलाई पहिलो पटक स्थान दिएका छन् । प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ । नेपाल साविक विजेतासमेत हो । नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

न्यू डायमण्ड एकेडेमी : अरुना शाही, प्रतिभा माली, सलिना श्रेष्ठ

नेपाल पुलिस क्लब : उषा भण्डारी, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द

त्रिभुवन आर्मी क्लब : शान्ति थारु, सफिया पुन, सुनिता खड्का, कृपा अधिकारी, सरस्वती जैशी

एपीएफ क्लब : सरस्वती चौधरी, कविता भट्ट, निरुता थगुङ्ना

तपाईको प्रतिक्रिया