Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – उपाधि दावेदार मनाङ–मर्स्याङ्दी क्लबले संकटा क्लबसँग दिँउसो १ बजे प्रतिस्पर्धा गर्दा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीचको रोमाञ्चक खेल दिउँसो ४:४५ बजे हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मनाङ संकटालाई पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । अन्जन विष्टको कप्तानीमा मैदान उत्रने मनाङसँग ओलावाले आफिज, एडेलाजा सोमिडे, दयानन्द सिंह, पुजन उपरकोटी, दिनेश राजवंशी, नितिन थापा, निशान लिम्बु, आदित्य चौधरी र विमल रानालगायतको खेलाडीको साथ रहेको छ ।

यता, संकटा पनि मनाङको अपराजित यात्रालाई टुंग्याउँदै लिगमा लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको संकटाले दोस्रो खेलमा फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित रचेको थियो । टोलीसँग सरोज दाहाल, लक्ष्मण रुचाल, सुभास गुरुङ, जय गुरुङ, फोडे फोफाना र टम्पी अर्नेष्टलगायतका खेलाडी छन् । मनाङको दुई खेलबाट ६ अंक छ । संकटाको ४ अंक छ ।

अर्काे आइभोल्टेज खेलमा च्यासल र एनआरटी खेल्दा दुवै टोली जितको लक्ष्यमा मैदान उत्रनेछ । च्यासल दोस्रो जितको खोजीमा रहँदा एनआरटी लिगमा पहिलो जित निकाल्ने योजनामा हुनेछ । च्यासलको दुई खेलबाट ३ अंक छ । च्यासलसँग विराज महर्जन, कमल श्रेष्ठ, विकास मेराग्लिया, मोउसा अवांगा, रुमेश बर्ताैला, यान्निक केट्चा, अजित गुरुङ र राजीव लोप्चन रहेका छन् ।

उत्कृष्ट विदेशी फरवार्डको साथ पाएपनि एनआरटीले जितको स्वाद चाख्न पाएको छैन । स्टेफन विनोङ र मेसुके ओलुमोउ, एरिक विष्ट, रन्जन विष्ट, शिव गुरुङ, विक्रम धिमाल र वियक वियकको साथ रहेको छ । एनआरटीको १ अंक छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया