काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेकाे छ। गए राति भएको खेलमा लिभरपुलले एभरटनमाथि ४-१ गाेल अन्तरकाे शानदार जित निकालेकाे हाे । लिभरपुलकाे जितमा माेहमद सलाहले दुई गाेल गर्दा जाेर्डन हेन्डरसन र डिएगाे जाेटाले एक-एक गाेल गरे । डिमाराई ग्रेले लिभरपुलविरुद्ध एक गोल फर्काए । खेलकाे नवौं मिनेटमा हेन्डरसनकाे गाेलबाट लिभरपुलले सुरुवाती अग्रता लिएकाे थियाे । खेलको १९औं मिनेटमै मोहमद सलाहले गोल गरेपछि लिभरपुलकाे अग्रता दाेब्बर बन्याे ।
३८औं मिनेटमा ग्रेकाे गोलबाट एभरटन २-१ को अवस्थामा आयाे । खेलको ६४औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-१ ले अघि बढाए । खेलको ७९औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई ४-१ को शानदार जित दिलाए । खेलमा जित निकालेसँगै लिभरपुलले १४ खेलमा ३१ अंक जाेडी तालिकाकाे तेस्राे स्थानमा रहेकाे छ। पराजित एभरटन १५ अंक जाेडी १४औं स्थानमा छ ।