Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

लन्डन – बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरूमा झन् बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले बुधबार मध्य जुलाईपछिकै सबभन्दा धेरै संक्रमित देखिएको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीहरूका अनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलोपटक ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । सरकारले अघि सारेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका बाबजुद यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा संक्रमण भएको छ ।

बेलायतमा अहिलेसम्म संक्रमित संख्या ८२ लाख ७२ हजार नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ।

बेलायतका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि यति धेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजार जना अझै अस्पतालमै उपचाररत छन् ।

यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया