Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सडकमार्गमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

को रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाकाअनुसार आइतबार सभापति लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनेछन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका हुन् । तर उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा परेकाले अदालत हाजिर हुनुपर्ने भएको हो ।

काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने शर्तमा कास्की प्रहरीले उनलाई छाडेको हो । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया अगाडि बढेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया