Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – थारू समुदायले पुस २९ र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। महोत्सवको व्यवस्थापन थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले गरिरहेको छ। जसको संयोजन थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमिलाल चौधरीले गरेका छन्। थारू कल्याणकारिणी सभाले २०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव आयोजना गर्दै आइरहेको छ।

थारू समुदायको नयाँ वर्षका रूपमा मनाइने माघी पर्व थारू भाषा, संस्कृति र जनचेतनाको प्रवर्द्धनका लागि दुई दिनसम्म मनाउने योजना छ। पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखिएको छ भने दोस्रो दिन विशेष माघी महोत्सव हुनेछ। महत्वपूर्ण अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यस वर्षको महोत्सवलाई “थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान” भन्ने नारा दिइएको छ।

महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति गठन गरिएका छन्। बीस भन्दा बढी थारू सङ्घसंस्थाको सहभागितामा हुने यो महोत्सवमा थारू खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीजस्ता करिब सय स्टल रहनेछन्। प्रचारप्रसारका लागि पुस २७ गते मोटरसाइकल र्‍याली र माघ १ गते थारू झाँकी र्‍याली आयोजना गरिनेछ। यी र्‍यालीले काठमाडौंका विभिन्न स्थान परिक्रमा गर्दै मूलसमारोहमा समापन हुनेछ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया