Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौं- कमलपोखरीस्थित सिटी सेन्टरछेउको घरमा पाँचजना युवतीले एउटा फ्ल्याट लिएका छन् ।  २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू घरानियाँ परिवारका छोरीजस्ता देखिन्छन् । पेसा सोध्दा विद्यार्थी हो भन्छन्, तर साँझपख महँगा कार लिएर लोग्ने मान्छेहरू लिन आउँछन् । प्रस्ट छ युवतीहरू विद्यार्थी होइनन् यौन-व्यवसायी हुन् ।
एक छिमेकी भन्छन्, ‘युवतीहरूको रहनसहन हेर्दा महिनामा लाखौँको जागिर खानेजस्तो देखिन्छ ।’ ग्राहक खोज्न उनीहरू कामुक कपडा लगाएर सिटी सेन्टरको फुडकोर्टमा पनि बस्छन् । कुरा मिल्नेबित्तिकै कार अथवा ट्याक्सीमा उनीहरू निस्कने गरेका छन् ।
नेपालमा अवैध यौन-व्यवसायको यो एउटा उदाहरण हो । सरकारले नियन्त्रण गर्न खोजे पनि राजधानीका टोलटोलमा विभिन्न तरिकाबाट यौन-व्यवसाय फैलिँदै गएको छ ।
बिहीबार मात्र प्रहरीले यौन-व्यवसायमा संलग्न चारजनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी प्रभाग कमलपोखरीले बालुवाटारस्थित एक घरमा छापा मारेर यौन-व्यवसाय चलाएको आरोपमा डोल्मा लामा र मिनु थापालाई पक्राउ गरेको हो । उनीहरूको फ्ल्याटबाट प्रहरीले कण्डम तथा यौनबर्द्धक औषधिसमेत बरामद गरेको छ ।
त्यस्तै, चन्डोलस्थित एक घरबाट पनि प्रहरीले एक जोडीलाई यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ गरेको छ । प\mल्याट भाडामा लिएर गोप्य तरिकाले उनीहरूले यौनधन्दा सञ्चालन गर्दै आएका थिए । पहिला ठमेल, सुन्धारा, बसपार्क क्षेत्रमा हुने यौन-व्यवसाय अहिले सहरका कुनाकुनासम्म फैलिएको छ । गरिब युवतीहरू मात्र होइन धनाढ्यहरूसमेत यो पेसामा आबद्ध छन् ।
बदलिँदो टे्रन्डड 
काठमाडौंमा मसाज भन्नेबित्तिकै नकारात्मक दृष्टिकोणले हेरिन्छ । कारण हो- केही वर्षअघिसम्म सबै मसाज सेन्टरको काम यौन-व्यवसाय थियो । ठमेल, दरबारमार्गलगायत क्षेत्रमा खुलेका मसाज केन्द्रमा खुलेआम रूपमा यौनधन्दा हुने गरेको थियो । त्यही कारण पनि ठमेल क्षेत्र बदनाम भएको थियो ।
‘तर अहिले त्यो अवस्था छैन,’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ भन्छन्, ‘राजधानीका अन्य क्षेत्रमा तीव्र रूपमा यौन-व्यवसाय फस्टाउँदै गएको छ ।’
त्यसबाहेक राजधानीका विभिन्न होटल तथा गेस्टहाउसमा खुलेआम रूपमा यौनधन्दा हुन्थ्यो । होटलका सञ्चालकहरू नै त्यस्तो पेसामा आबद्ध थिए । तर, यो टे्रन्ड पनि बदलिएको छ ।
प्रहरी अधिकारीहरू नै फ्ल्याट लिएर राजधानीका टोलटोलमा यस्तो यौन-व्यवसाय हुने गरेको बताउँछन् । ‘हामीले गेस्टहाउस र फ्ल्याटहरूमा छापा हान्दा धेरैजना रंगेहात पक्राउ पर्दै अाएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्द भन्छन्, ‘यसले उपत्यकामा यौन-व्यवसाय सबैतिर व्याप्त छ भन्ने संकेत गर्छ ।’ स्रोतका अनुसार फ्ल्याट भाडामा लिएर गोप्य रूपमा यौन-व्यवसाय सञ्चालन हुन थालेको छ ।
होटलहरूमा यौन-व्यवसाय सञ्चालन गर्दा प्रहरीले दुःख दिने भएकाले यसरी फ्ल्याटहरूमा गोप्य रूपमा यौनधन्दा हुने गरेको हो । स्रोतका अनुसार रेस्टुरेन्टमा जस्तै खानपिनको व्यवस्थासमेत त्यस्ता फ्ल्याटहरूमा हुने गरेको छ । खासगरी एकान्त स्थानमा हुने घरहरूमा व्यवसायीहरूले फ्ल्याट लिएर यौन-व्यवसाय सञ्चालन गर्छन् । यस्ता अखडामा प्रहरी र निजामती कर्मचारीसमेत पुग्ने गरेका छन् । खासगरी शुक्रबार र शनिबार यस्ता अखडामा धन्दा चल्ने गरेको स्रोत बताउँछ ।
फ्ल्याटबाहेक ब्युटिपार्लर तथा हेल्थ सेन्टरहरूमा पनि यौन-व्यवसाय फस्टाएको छ । बाहिर ब्युटिपार्लरको काम गर्ने, भित्र अन्य कोठाहरू बनाएर गोप्य रूपमा यौनधन्दा हुने गरेको छ । प्रहरीको आँखा छल्नका लागि यसरी विभिन्न आवरणमा यौन-व्यवसाय सञ्चालन हुने गरेको हो ।
राजधानीमा पछिल्लो समयमा देखिएको अर्काे टे्रन्ड भनेको दलाली प्रणाली हो । यस्तो दलाली पेसामा पहिला यस्तो पेसामा लागेर हाल उमेरका कारण छोडेका धेरै महिला छन् ।
दलाली पेसामा संलग्न सरस्वती नामक एक महिलाले आफूले फिल्मका हिरोइनसमेत मिलाइदिने बताइन् । मोडल र नायिकाहरूले ५० हजारभन्दा बढी पारिश्रमिक लिने गरेको उनको दाबी छ ।
त्यस्तै डान्सबार, दोहारीसाँझ मात्र नभई क्यासिनोमा समेत यौनधन्दा चल्ने गरेको छ । डान्सबारमा डान्सर तथा वेट्रेसका रूपमा कार्यरत युवतीले यौन-व्यवसायसमेत अंगाल्ने गरेका छन् ।
त्यस्तैगरी क्यासिनोमा समेत यौन-व्यवसाय सञ्चालन हुने गरेको छ । क्यासिनोका सञ्चालकहरूले जुवाडेहरूलाई खुसी बनाउनका लागि युवतीको व्यवस्था गरिदिने गरेको स्रोत बताउँछ । विदेशी जुवाडेहरू धनाढ्य हुने भएकाले क्यासिनोमा डान्स गर्ने युवती यस्तो पेसामा लाग्ने गरेका छन् ।
त्यस्तै कतिपय होटलसमेत यौन-व्यवसायमा संलग्न रहेको प्रहरी स्रोत बताउँछ । खासगरी विदेशीहरूका लागि उनीहरूले सम्पर्कको आधारमा युवतीलाई बोलाउने गर्छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी चन्द दिउँसोको समयमा राजधानीमा धेरै यौन-व्यवसाय हुने गरेको बताउँछन् । यसमा कतिपय विवाहित महिलासमेत रहेको उनको भनाइ छ । ‘श्रीमान् अफिस गएको वेला थाहा नदिई दिउँसो उनीहरू यस्तो पेसामा लागेका हुन सक्छन्,’ चन्द भन्छन्, ‘आर्थिक अभावका कारण पनि उनीहरू यस्तो पेसामा लागेको हुन सक्छ ।’ कतिपयले यौनतृप्तिका लागि पनि यो पेसा अंगालेको हुन सक्ने उनको भनाइ छ ।
ठमेलका एक सय ६८ मसाज बन्द
यौन-व्यवसायकै भरमा चलेका ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित एक सय ६८ वटा मसाज तथा स्पा सेन्टर बन्द भएका छन् । प्रहरीले मसाजमा हुने यौनधन्दालाई रोकेपछि ती मसाज पछिल्लो दुई वर्षमा बन्द भएका हुन् । ‘पहिले यो क्षेत्रमा दुई सय ४४ वटा मसाज सेन्टर सञ्चालनमा थिए,’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजनाथ श्रेष्ठ भन्छन्, ‘अहिले ७६ वटा सञ्चालित छन्, त्यसमध्ये पनि २०/२५ वटा मात्र राम्रोसँग सञ्चालनमा छन् ।’
पहिला मसाज सेन्टरहरू यौन-व्यवसायकै लागि खुल्ने गरेका थिए । तर, विगत तीन वर्षयता प्रहरीले त्यसमा कडाइ गर्दै आएको छ । यौन-व्यवसायमा संलग्न मसाज सेन्टरका सञ्चालक मात्र नभई घरधनीलाई समेत प्रहरीले पक्राउ गर्न थालेपछि मसाज सेन्टरहरू फेरिएका हुन् ।
दुई वर्षअघिबाट मसाज व्यवसायीले नै आचारसंहिता बनाएर लागू गरी विशुद्ध मसाजसम्बन्धी मात्र काम गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसयता प्रहरीको कडाइका कारण धेरै मसाज सेन्टर बन्द भएका हुन् । सो क्षेत्रका मसाज सेन्टरहरू पनि पछिल्लो समयमा यौन-व्यवसाय गर्न छाडेका छन् ।
गैरकानुनी भए पनि यौन व्यवसायलाई नियन्त्रण हुन गर्न नहुने माग उठ्न थालेको छ । ‘बायोलोजिकल निड हो, व्यक्ति-व्यक्तिबीचको सम्बन्ध सरकारले नियन्त्रण गर्न मिल्दैन,’ ठमेलका पर्यटन व्यवसायी तेजनाथ श्रेष्ठको भनाइ छ ।
‘विश्वमा सबैभन्दा छिटो विस्तार भएको व्यवसाय भनेको नै यही हो,’ त्यसकारण नेपालमा पनि पर्यटकीय हिसाबले पनि सरकार यसमा लचिलो हुनुपर्छ ।’ यो व्यवसायलाई वैधानिकता दिनु नपर्ने, तर कतिपय युरोपियन देशमा जस्तै नियन्त्रण पनि गर्न नहुने उनको भनाइ छ ।
नेपालमा पटकपटक रेडलाइट एरियाको कुरा उठ्दै आएको छ । तत्कालीन गृहमन्त्री वामदेव गौतमले केही वर्षअघि रेडलाइट एरिया तोक्ने बताएका थिए । त्यस्तै, पछि पर्यटनमन्त्री हुँदा शरत्सिंह भण्डारीले पनि त्यस्तै योजना सुनाएका थिए । पर्यटन व्यवसायी भने प्रत्यक्ष अप्रत्यक्ष रूपमा रेडलाइट एरिया तोकेर यौनव्यसायलाई व्यवस्थित गर्नुपर्ने बताउँदै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया