Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025

टोकियो – एनआरएन बेलायतका अध्यक्ष कुल आचार्य,  सल्लाहाकार पशुपति भण्डारी र युवा प्रतिनिधि मनिष भण्डारीको स्वागत तथा सम्मानमा एनआरएन जापानले हालै एक रात्रिभोज सहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

गत बिहिबारका ईताबासी स्थित एक रेष्टुरेन्टमा भएको  सो कार्यक्रममा आयोजकको तर्फबाट एनआरएन जापानका निवर्तमान अध्यक्ष तथा एनआरएन आईसीसी सदस्य रोशन केसी, अर्का आईसीसी सदस्य अरुणकुमार श्रेष्ठ, एनआरएन जापानका सल्लाहाकार डा. राम गिरी, महासचिब डा.राजेन्द्र पराजुली, प्रवक्ता शरदकुमार गौचन, सदस्य राजु ढकाल र डिपि कंडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी अन्य अतिथिहरुमा एनडिएफका सल्लाहाकार सूर्य पाठक, पूर्व सदस्य स्वतन्त्र पौडेल, जनसम्पर्क समिति जापानका महामन्त्री आनन्द क्षेत्री, पर्वत समाजका सचिब सुजन जोशी र अनेसास जापान च्याप्टरका सल्लाहाकार दिनेशराज ज्ञवाली लगायतका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

परिचयात्मक कार्यक्रमबाट सुरु भएको सो कार्यक्रममा उपस्थिति महानुभावहरुको परिचय संगै आ-आफ्नो छोटो भनाई समेत राख्दै एनआरएन बेलायतका अध्यक्ष कुल आचार्य, सल्लाहाकार पशुपति भण्डारी तथा युवा प्रतिनिधि मनिष भण्डारीलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

एनआरएन जापानका महासचिब डा. राजेन्द्र पराजुलीले कार्यक्रमलाई संचालन गर्दै एनआरएन बेलायतका अध्यक्ष कुल आचार्यलाई टोस्ट प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष आचार्यले गत सेप्टेम्बर १ तारिख सिड्नीमा सम्पन्न ३ दिने एनआरएनको सातौं क्षेत्रीय सम्मेलन तथा २ तारिखको नेपाल फेस्टिवल सिड्निको बारेमा स्मरण गराउदै प्रत्यक्ष सिड्नीमा उपस्थित सदस्यहरुबाट अनौपचारिक रुपमा आ-आफ्नो बिचार, धारणा र समिक्षा गरिएको थियो ।

कार्यक्रमलाई बिट मार्दै प्रवक्ता शरद कुमार गौचनले यस कार्यक्रम संयोजन तथा ब्यबस्थापन सचिबालय सदस्य राजु ढकाल र आईसीसी सदस्य रोशन केसी लगायत छोटो समयको सूचनामा पनि उपस्थिति जनाउनुहुने सम्पुर्ण महानुभावलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै एनआरएन बेलायतका अध्यक्ष, सल्लाहाकार र युवा प्रतिनिधीलाई पुन स्वागत तथा जापानको छोटो बसाई उपलब्धिमुलक रहोस भन्दै  शुभ यात्राको कामना पनि गर्नुभएको थियो । रात्रीभोज सहित एनआरएन सम्बन्धि थप अन्तरक्रिया गर्दै रातको सवा एघार बजे कार्यक्रमको समापन गरिएको थियो। ***

तपाईको प्रतिक्रिया