Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – काठमाडौंको पिंगलास्थानस्थित वाग्मती होटेलमा २२ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी खड्काको शव बुधबार साँझ होटेलको ३०८ नम्बर कोठामा भेटिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोठा बाहिरबाट बन्द रहेको अवस्थामा शव फेला परेपछि घटनाले थप शंकास्पद मोड लिएको छ । प्रारम्भिक अनुसन्धानबाट थाहा भएअनुसार सुस्मिता उक्त कोठामा आफ्नो केटा साथीको साथमा बसेकी थिइन् । तर, मृत्युको घटनापछि ती युवकले चाबी लगाएर कोठाबाट भागेको आशंका गरिएको छ ।

सुस्मिता जापान जाने तयारीमा रहेको खुलेको छ । उनी केही दिनअघि मात्र जापानबाट नेपाल फर्किएका युवकसँग भेटघाट गर्न उक्त होटेलमा पुगेकी थिइन् । फरार युवकको बिहीबार जापान फर्कने योजना रहेको पत्ता लागेपछि प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ ।

मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् । प्रहरीका अनुसार सुस्मिता ती युवकसँग प्रेम सम्बन्धमा थिइन् । घटनाको अनुसन्धान जारी छ ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया