Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – ईपीएसमार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्नेछ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जानकारी दिएको छ । यसअघि यस्तो भाडा दर प्रतिटिकट एक लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो ।

कोरियाको चर्को भाडा दरको व्यापक विरोध हुँदै आएको थियो । त्यसपछि सरकारले हवाई भाडा दर सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो । शाखाका अनुसार ईपीएसमार्फत काम गर्न नेपालबाट कोरिया जानेका लागि ३ माघ २०८१ देखि एक वर्षका लागि युनिभर्सल टुर्सले उक्त दरमा एकतर्फी हवाई टिकट उपलब्ध गराउने छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया