Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
बालकृष्ण अधिकारी
काठमाडौं- कांग्रेस नेताहरुले पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण सार्वजनिक गर्न दबाब दिने भएका छन्। सर्वोच्च अदालतले पार्टीका नेताहरूलाई एकपछि अर्को भ्रष्टाचारी ठहर गरेको, विपक्षी दलले समेत आचरणको प्रश्न उठाएको भन्दै उनीहरुले पदाधिकारी र केन्द्रीय सदस्यहरुले पार्टीलाई अविलब्ध सम्पत्ति विवरण बुझाउनुपर्ने जिकिर गरेका छन्।
 
बाबुराम भट्टराई सरकारले गरेका नीतिगत भ्रष्टाचारविरुद्ध उभिन आफ्नै केही नेताका कारण नैतिक बल कमजोर बनेको उनीहरुको भनाइ छ।
सर्वोच्चले भ्रष्टाचारी ठहर्‍याएका कांग्रेस नेता चिरञ्जीवी वाग्ले कैद सजाय पूरा गरी रिहा भइसकेका छन्। केन्द्रीय सदस्य खुमबहादुर खड्का केही दिनअघिमात्र जेल गएका छन् भने नेता गोविन्दराज जोशीलाई साउन १० मा विशेष अदालतले भ्रष्टाचार ठहर गरिसकेको छ।
पार्टीलाई पारदर्शी बनाउन केही केन्द्रीय सदस्यहरूले आफैंबाट अभियान सुरु गर्न दबाब दिइने बताए। ‘अरूमाथि औंला ठड्याउनुअघि कांग्रेस आफैं पारदर्शी हुनुपर्‍यो,’ केन्द्रीय सदस्य राजनराज पन्तले नागरिकसँग भने, ‘पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुले आफ्नो सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा बुझाउनुपर्छ।’
केन्द्रीय सदस्य बद्री पाण्डेले समाजवादी पार्टी भएकाले कांग्रेसको आर्थिक र राजनीतिक व्यवहार पारदर्शी हुनुपर्ने तर्क गरे। ‘प्रजातन्त्रवादीहरूले आफ्ना सबै गतिविधि जनतामाझ पारदर्शी रुपमा प्रस्तुत गर्नुपर्छ,’ उनले भने, ‘तानाशाहहरुले मात्र आफ्ना गतिविधिसँगै सम्पत्ति विवरण लुकाउँछन्।’
पैसा नहुनेले राजनीति गर्न नसक्ने अवस्था निर्माण हुँदै गएको उल्लेख गर्दै पाण्डेले पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउने परम्पराले आर्थिक अनुशासन कायम हुने बताए। बिपी कोइरालाले आफैँ प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको भत्ता २५ सयबाट १५ सय र मन्त्रीको १५ सयबाट एक हजारमा झारेको प्रसंग उल्लेख गर्दै पाण्डेले भने, ‘पार्टीलाई दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिने परिपाटीको पनि यसले अन्त्य गर्छ।’
केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले लडाकुको नाममा माओवादीले शिविरमा गरेको करोडौंको भ्रष्टाचार छानबिन गर्न पार्टीले सक्रियता देखाउनुपर्ने धारणा राखिन्। ‘शिविरमा माओवादीले गरेको करोडौंको भ्रष्टाचारको पनि छानबिन हुनुपर्‍यो,’ उनले भनिन्, ‘आफू पनि पारदर्शी बन्न आफ्नो सम्पत्ति विवरण पार्टी कार्यालयमा बुझाउनुपर्छ।’
कांग्रेसले भट्टराई नेतृत्वको सरकारले पछिल्लो एक वर्षमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै विमानस्थल र माओवादी लडाकु रहेका शिविरका भ्रष्टाचार छानबिन गरेर जनतामाझ ल्याउनुपर्ने माग गर्दै आएको छ।
‘सभापतिसहित सबै नेताले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्‍यो, केन्द्रीय सदस्य गगनकुमार थापाले भने, ‘कांग्रेस र त्यसका नेता कसरी चल्छन् भन्ने जानकारी जनतालाई दिए त्यसले हामीलाई मजबुत बनाउनेछ।’
१२औं महाधिवेशनमा कांग्रेसले भ्रष्टाचारमुक्त देश बनाउने संकल्प गरेको थियो। ‘कांग्रेस स्वच्छ सरकार र प्रशासन चाहन्छ,’ केन्द्रीय सदस्य पन्तले भने, ‘संक्रमणकालीन अवस्थाको फाइदा उठाएर माओवादी नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्र नै तहसनहस बनाएको छ।’
हाल ८१ सदस्यीय केन्द्रीय समिति रहेको कांग्रेसमा सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ, विमलेन्द्र निधि, बद्री पाण्डेसहित २५ जनाको मात्र उपत्यकामा आफ्नो घर छैन।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया