Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सिड्नी, – ‘समृद्ध नेपालका लागि लागानी र नविनतम सोच’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ एनआरएनको सातौ क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ । सिड्नीस्थीत होटल मेन्जिजमा नेपालका शिक्षामन्त्री दीनानाथ शर्मा र उद्योग मन्त्री अनिलकुमार झाले सम्मेलनको उदघाटन गरेका थिए । एनआरएन ओसिनिया क्षेत्रले पहिलोपटक आयोजना गर्न गरेको यो सम्मेलनमा विश्वभरका एनआरएन अभियानमा लागेकाहरु भेला भएका छन् ।

सम्मेलनको सुरुमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भिडियो सन्देश देखाइएको थियो । प्रधानमन्त्रीले लगानी बोर्ड गठन गरिएको, त्यसमा एनआरएन प्रतिनिधि राखिएको जानकारी गराउँदै दोहोरो अंकको आर्थिक वृध्दी दरको लक्ष्य हासिल गर्न एनआरएनको महत्वपूर्ण भूमिका हुने बताए ।

प्रमुख अतिथि एवं नेपालका शिक्षामन्त्री दीनानाथ शर्माले नेपालका दुर्गम ठाउंमा इन्जिनियरिङ कलेज, मेडिकल कलेज, पोलिटेक्निक कलेजमा लगानी गर्न आह्वान गर्नुभयो । नेपालीहरु बिदेश आएर पैसामात्र कमाएका छैनन धेरै सीप र सभ्यता सिकेका छन भन्दै मन्त्री शर्माले बिदेशबाट फर्केर गाइपालन, कृषि फार्म संचालन र अष्ट्रिच पालन जस्ता काम भएको भन्दै खुसी ब्यक्त गरे ।

उद्योगमन्त्री अनिलकुमार झाले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लागानी सम्वन्धि ब्यवस्था गरेको जानकारी दिदै लगानिका लागि आग्रह गरेका थिए ।

गैर आवासीय नेपाली संघको ७ औं क्षेत्रीय सम्मेलनलाई सिड्नीमा सम्बोधन गर्दै अष्ट्रेलियाको आप्रवास सम्वन्धि संघिय मन्त्री क्रिस बवेनले अष्ट्रेलियामा नेपाली समुदायले छोटो समयमा निकै धेरै प्रगति गरेको बताए । उनले थप नेपालीहरुलाई स्थायी बसोबासीका रुपमा स्वागत गर्न अष्ट्रेलिया तयार रहेको बताए ।

बहुसंस्कृति समाजले बिश्वका धेरै देश टुक्रिएको दृष्टान्त भएपनि अष्ट्रेलियाले बहुसांस्कृतिक समाजमार्फत एकता हुन्छ भन्ने सन्देश बिश्वलाई दिएको मन्त्री बवेनको धारण थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै अष्ट्रेलियाको लेवर पार्टीका सांसद डा. जिइफ लिले आप्रवास नीतिको पुनरावलोकन भइरहेको त्यसमा नेपाली समुदायबाट रचनात्मक सुझावहरु आइरहेका बताए । पुनरावलोकनसम्बन्धी बोर्डमा नेपाली समुदायबाट समेत प्रतिनिधिको रुपमा महेन्द्र लम्साललाई राखिएको उनले जानकारी दिए ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रबैंकका गर्भनर युवराज खतिवडाले पछिल्लो दिनका तारे होटलमा कोठा नपाउने अबस्था आइसकेको बताउँदै लगानी प्रबर्धनका लागि अवरोधका सवै साङलाहारु तोड्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।

सम्मेलनलाई पूर्वमन्त्री एवं नेकपा एमालेका नेता भीम रावल, अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र नेपाल, एनआरएनका संस्थापक डा. उपेन्द्र महतो, एनआरएन अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकार महावाणिज्यदूतहरु दिपक खड्का र चन्द्र योञ्जन लगायतले पनि सम्बोधन गरेका थिए । पहिलो दिनमा सामुहिक लगानी र नेपाली नागरिकतकको निरन्तरता बारे कर्यशाला भएको थियो ।

सम्मेलनका आगन्तुकहरुलाई सम्मेलन आयोजक समिति संयोजक मन केसीले स्वागत गरेका थिए भने एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीले सहभागी र सहयोगीलाई धन्यबाद दिएका थियो ।

यो सम्मेलनलाई भब्यरुपमा सफल पार्न झण्डै दईइसय जनाको मुल तयारी समिति गठन गरिएको छ । साथै विभिन्न विषयहरुसँग सम्बन्धित २६ वटा उपसमिति सहित तयारीको गरिएको छ । सम्मेलको दोस्रो दिन आज खुल्ला विश्वविद्यालय लगायतका ६ वटा विषयमा कार्यशालाहरु हुने छन् । सम्मेलन सकिएको भोलिपल्ट सेप्टेम्वर ३ मा अस्ट्रेलियामा नेपालीहरुको सबैभन्दा ठूलो महोत्सव ‘नेपाल फेस्टिबल’ हुंदैछ ।

तपाईको प्रतिक्रिया