Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

युएई –  नेपाली जनप्रगतिशील मञ्च युएई केन्द्रिय कमिटिको बिशेष भेला यहि अगष्ट २४ तारिक शुक्रबार बरदुबईमा सम्पन्न भएको छ । विभिन्न विषयमा छलफल गर्न अध्यक्ष श्याम संकल्पको अध्यक्षतामा भएको मञ्चको बिशेष भेलाले दशैको अग्रिम शुभकामनासहित लामो समय देखि बिभिन्न कारणले हुन नसकेको संगठनको अधिबेशन गर्ने निर्णय गर्दै एकताबद्द संगठन निर्माण र भाईचाराको सुखद सन्देश दिने उद्धेश्यले वृहत सांस्कृतिक कार्यक्रम सहित भब्यरूपमा आउंदो सेप्टेम्बर २८ तारिख अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । पूर्व अध्यक्ष तथा केन्द्रिय समितिका बर्तमान सल्लाहाकार संयोजक उत्तम अधिकारीले मञ्चको गठन र बिगतदेखि बर्तमान सम्म सांगठानिक एकतामा भएको महत्वपूर्ण भूमिका र सबैको योगदानको चर्चा गर्नु भएको थियो । संगठन भित्र जनबाद र अनुसाशनको बारेमा महासचिब हेमन्त पौडेलले सबैलाई प्रष्ट पार्दै अनुशासनमा रही काम गर्न र यस्को महत्व बुज्न सबैमा आग्रह गर्नुभएको थियो ।

मञ्चका केन्द्रिय सल्लाहकार पिताम्बर पोख्रेल, चन्द्र रोक्का, सूर्यकान्त सेडाई, केन्द्रिय सचिब-सुरेश ढकाल, कोषाध्यक्ष गणेश बेल्बासे, संबाद-सचिब बाबुराम बि.क. क्षेत्रीय समिति अध्यक्ष मधुकर बेल्बासेसहित केन्द्रिय समितिका सदस्यहरु बलबहादुर बि.क., हरिसागर कडेल, धर्म ढकाललगायतको बिशेष उपस्थिति रहेको सो भेलामा क्षेत्रीय समितिका अध्यक्षहरुमा दुबईबाट अध्यक्ष मधुकर बेल्बासे, अबुधाबीबाट अध्यक्ष कृष्ण भाट, लगायत विभागीय प्रमुखहरुमा यातायात विभागका प्रमुख शम्भु वाइबा, सांस्कृतिक बिभाग प्रमुख नेत्र के.सी., महिला बिभाग प्रमुख पुष्पा के.सी. र प्रचार-प्रसार बिभाग प्रमुख निमकान्त पाण्डे लगायतका प्रतिनिधिहरुका साथै बिशेषरुपमा उपस्थित आबुधाबी क्षेत्रीय समितिका उपाध्यक्ष रवि भुषाल र कोषाध्यक्ष बिमला भुषाल र निशा के.सी. मजदुर मंच बाट उपाध्याक्ष रामकुमार रिजाल,साथै सुर्यमणी ज्ञावाली केसब राज ज्ञावाली,रतन सारू लगायत सदस्यहरुको भब्य उपस्थिति रहेको सो भेलामा छलफलको क्रममा उठेका सम्पूर्ण बिषयमा सहभागी सबैले खुलेर आ-आफ्ना विचार राख्नुभएको थियो । सोही बैठकले कृष्ण भाटलाई उपाध्यक्षमा कार्यभार सम्हाल्न तोकेको छ भने संगठनमा नेपालबाट आउनुभएका अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य कुलबहादुर आचार्यलाई जनप्रगतिशील मंचको केन्द्रिय सदस्यमा राख्नु पर्ने यातायात मंचको प्रस्ताबलाई सर्बसम्मत पारित गरिएको थियो । सो अवसरमा आचार्यले नेपालमा रहदा गरेको काम र आफ्नो अनुभबको बारेमा उपस्थित सबैको जानकारीको लागि आफ्नो मन्तव्यको क्रममा राख्नु भएको थियो । केन्द्रिय समितिको वैठकमा आफ्ना भनाईहरु राख्ने क्रममा अधिकांश केन्द्रिय सदस्यहरुले सिङ्गो संगठन र नेतृत्वलाई कपोकल्पित लाल्छना लगाउदै विधि र विधानभन्दा वाहिर गएर द्धैध चरित्र बोकेका र अराजकता सृजना गरी बदनाम गर्ने दुष्प्रयासको घोर विरोध गर्दै आवश्यकता परे कडा पतिबाद गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । सोहि छलफलका क्रममा केन्द्रिय समितिको पुर्ण वैठकले भर्खरै संगठनको तर्फबाट जारी गरेको बिज्ञप्ति मार्फत रमेश गिरीसहित ६ जनाको बर्खास्ती पूर्णरुपमा सहि भएकोले साधारण सदस्यसमेत नरहने गरी नेपाली जनप्रगतिशील मञ्चबाट निष्कासन गरिएको बिषयलाई उपयुक्त निर्णय भन्दै स्वागत गरेको छ | संगठनभित्र र नेपाली जनसमुदायमा खास गरी मंञ्चमा आवद्ध हजारौ नेपाली श्रमजिवीहरुका विचमा अराजक शैलीले र फुटपरस्त अभिव्यक्ति दिदै त्यही अनुरुप आफनो कार्यशैली प्रस्तुत गर्दै अन्यौलत सृजना गर्दै आईरहेको र सच्चिएर आउन लचकता सहित अवसर दिदा पनि नसच्चिएको हुनाले त्यस्ता द्धैधचरित्र बोकेका व्यक्तिलाई निष्कासन गर्नुले अबका दिनमा संगठन नैतिकवान र स-सक्त ढंगले अगाडी बढ्न सक्ने बिश्वाश व्यक्त गरेका थिए ।

अन्तमा, अत्यन्त सौहार्दपूर्ण तरिकाले भब्य उपस्थिति सहित छलफलमा भाग लिएर महत्वपूर्ण निर्णय गर्न सफल सबैलाई धन्यबाद दिदै एक ढिक्का भएर फुट, गुट र अराजकताको बिरुद्द बैचारिक संघर्ष , रुपान्तरण, एकता र बिजयको संदेश प्रवासबाट समेत दिने गरी अधिबेशन सफल पार्न सम्पूर्ण संगठनका सदस्यहरु, प्रवासका प्रगतिशील सहकर्मी संगठनहरु, विभिन्न सामाजिक संघसस्थाहरु र सम्पूर्ण देशभक्त, बामपन्थी,प्रगतिशील प्रवासी पत्रकार,बुद्दिजिबी,समाजसेबी लगायतका नेपाली दाजुभाई तथा दिदि-बहिनिहरुमा समेत बिशेष अनुरोध र आह्वानसहित भेला सम्पन्न भंएको थियो । ***

तपाईको प्रतिक्रिया