Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बाल्टिमोर – बाल्टिमोरमा बिगत लामो समय देखि विभिन्न सफल कार्यक्रम प्रस्तुत गरिसकेका युवा समुहको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर ९, आइतबारका दिन बाल्टिमोरमा ‘प्रशान्त– अमित म्यूजिकल नाइट’ आयोजना हुने भएको छ। उक्त कार्यक्रममा इण्डियन आइडल प्रशान्त तामाङ र इण्डियन आइडलका अर्का सहभागी अमित पलको प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुले समेत विभिन्न प्रस्तुति देखाउनेछन् । बेल एयर रोडको चर्च हल,साँझ ८ बजेदेखि १२ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागिताका लागि २५ डलर टिकट दर तोकिएको छ ।

उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजकहरुले शिव विष्ट, अर्जुन सुबेदी र भरत बराइलीको संयोजकत्वमा कार्यक्रम आयोजक कमिटी समेत गठन गरेका छ। म्युजिकल नाइटमा आफ्नो प्रस्तुति पस्किन लागिरहेका प्रशान्त तामाङ नेपाल मूलका हुन् । उनी सन् २००७ को इण्डियन आइडल बन्न सफल भएका थिए । भारतीय प्रहरीमा कार्यरत उनले ७० लाख भोट पाएका थिए । उनको जन्म ४ जनवरी १९८३ मा दार्जिलिङमा भएको थियो । इण्डियन आइडल भईसकेपछि उनले नेपाली र हिन्दी गीतहरु समेटिएको ‘धन्यवाद’ गीति एल्बम निकालेका थिए ।

उनले सन् २००८ मा ‘नमस्ते’ नामक एल्बम निकाले भने सन् २००९ देखि उनले नेपाली चलचित्रहरुमा कलाकारको भूमिकामा समेत अभिनय गर्न शुरु गरेका छन् । उनको पहिलो नेपाली चलचित्र गोर्खा पल्टन र त्यसपछिको अंगालो यो मायामा उनले अभिनय र गायन दुवै छ भने किन माया भन्ने फिल्ममा उनले अभिनय मात्र गरेका छन् । उनले गाएको असारे महिनामा भन्ने रिमिक्क अत्यन्तै चर्चित रहेको छ । प्रशान्त तामाङ कार्यक्रममा सहभागी हुन दोस्रो पटक अमेरिका आएका हुन् ।

यस्तै अर्का अमित पल सन् २००७ को इण्डियन आइडलमा रनरअप भएका थिए । त्यसपछि उनी एकसे बडकर एक भन्ने जीटीभीको शोमा समेत देखा परेका थिए । २८ डिसेम्बर १९८२ मा भारतको सिलीङ मेघालयमा जन्मिएका पल स्कूल, कलेज पछाडि पुख्र्यौली गार्मेन्ट व्यवसायमा संलग्न भएका थिए ।

उनले अमेरिका, हङकङ, बेलायत, सिंगापुर, नेपाल लगायत थुप्रै देशमा आफ्नो प्रस्तुति देखाईसकेका छन् । प्यारकी दस्तान नामक बोलको गीत उनको चर्चित गीत हो । आयोजक कमिटीका अर्जुन सुबेदी ,शिव विष्ट र भरत बराइलीले प्रशान्त– अमित म्यूजिक नाइट सफलतापूर्वक सम्पन्न गर्नका लागि बाल्टिमोर, भर्जिनिया रा डी.सीबासि दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्नुभएको छ । उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको रौनक बढाउन र कार्यक्रमबाट भरपूर मनोरञ्जन लिन उहाँहरुले सबै नेपाली तथा भारतीय दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्नुभएको हो । ***

 

तपाईको प्रतिक्रिया