Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025
काठमाडौं- एक महिनाअघि सम्पन्न एमाओवादीको सातौं विस्तारित बैठकले गरेका निर्णय कार्यान्वयनमा अध्यक्ष पुष्पकमल दाहालले नै रुचि देखाएका छैनन् । लाजिम्पाटमा उनी बस्दै आएको आलिसान घर चाँडै छाड्ने निर्णय बैठकले गरेको थियो । तर, महिना दिन बित्दा पनि दाहालले घर छाड्ने सुरसार देखाएका छैनन् ।
नेताहरूको जीवनशैली विलासी भएको भन्दै कार्यकर्ताले चर्को आलोचना गरेपछि विस्तारित बैठकले दाहालले बस्दै आएको आलिसान घर छाडेर सामान्य घर लिने र सरकारी महँगो गाडी फिर्ता गर्ने निर्णय गरेको थियो । बैठकको २/३ दिनमै अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्रीका हैसियतमा चढ्दै आएको सरकारी गाडी फिर्ता गरे । त्यसपछि पनि उनी पार्टी स्वामित्वको सुविधासम्पन्न मित्सुबिसी गाडी चढ्छन् । तर, आफैँले घोषणा गरेको घर छाड्ने निर्णय कार्यान्वयन गर्न भने दाहालले खासै चासो देखाएका छैनन् ।
एमाओवादी शान्तिप्रक्रियामा आएपछि दाहाल नयाँबजारमा घर भाडामा लिएर बस्दै आएका थिए । गत माघ पहिलो साता लाजिम्पाटमा आलिसान घर भाडामा लिएपछि उनी नयाँबजारबाट सरेका थिए । एउटै कम्पाउन्डमा रहेका अढाईतले दुईवटा घरको उनले मासिक एक लाख तीन हजार भाडा तिर्दै आएका छन् । दाहाल नयाँबजारबाट सर्नुअघि झन्डै दुई महिना लगाएर मर्मत–सम्भार र रंगरोगन गरेर घर सिँगारिएको थियो ।
लाजिम्पाटको सांग्रिला होटल नपुग्दै दायाँपट्टि छिरेर करिब डेढ सय मिटर अगाडि गएपछि दाहालनिवास पुगिन्छ । कम्पाउन्डभित्र साढे दुईतले दुईवटा घर छन् । आँगनमा सिलेट/ढुंगा ओछ्याइएका छन् भने परिसरमा बगैँचा पनि छ । फराकिलो कम्पाउन्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने ठाउँ पनि छ ।
विस्तारित बैठकले अध्यक्ष दाहाल र उपाध्यक्षद्वय प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको निजी सचिवालयका कर्मचारी साटासाट गर्ने निर्णय पनि गरेको थियो । नेताहरूको सचिवालयमा कर्मचारी राख्ने काम पार्टी निर्णयबाट गरिने विस्तारित बैठकको निर्णय थियो । तर, नेताहरू नै कर्मचारी साट्न वा सरुवा गर्न तयार नरहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले विश्वदीप पाण्डेलाई स्वकीय सचिव राखेका छन् भने अर्का उपाध्यक्ष श्रेष्ठले भने सुसन कर्माचार्यलाई । सुसन कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यकी भतिजी हुन् । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराई र उपाध्यक्ष श्रेष्ठले पाण्डे र सुसनलाई सचिवालयबाट सार्न मानेका छैनन् । ‘उहाँहरूले सार्न मान्नुभएको छैन । स्वकीय सचिव फेर्दा काम गर्न असजिलो हुन्छ भन्ने उहाँहरूको भनाइ छ,’ एक माओवादी नेताले सौर्यसँग भने ।
अध्यक्ष दाहालका स्वकीय सचिव समीर दाहाललाई भने शुक्रबार मात्रै सरुवा गरिएको छ । उनलाई नेवा: राज्य समितिमा सरुवा गरिएको स्रोतले जनाएको छ । उनको ठाउँमा सन्तु दराईलाई ल्याउने मनस्थिति अध्यक्ष दाहालले बनाएका छन् । दराई पूर्वजनमुक्ति सेनाका कमान्डर हुन् । त्यस्तै, केन्द्रीय कार्यालयमा रहेका शिव खकुरेललाई पनि सचिवालयमा ल्याइएको छ ।
एमाओवादी नेता गिरिराजमणि पोखरेलले विस्तारित बैठकले गरेका सबै निर्णय कार्यान्वयन हुने बताए । ‘अध्यक्षका लागि घर खोज्ने काम भइरहेको छ, मान्छे खटाइएका छन् । विस्तारित बैठकले गरेका अरू निर्णय पनि सबै कार्यान्वयन हुन्छन्,’ उनले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया