Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई । युएइस्थित कार्यरत बागलुङवासीहरुको पहलमा स्थापना भएको बागलुङ सेवा समाज युएइको आयोजनामा बागलुङ सेवा समाज युएइ, अर्घाखांची सम्पर्क समिति युएइ र नेपाली समाचार केन्द्र युएइको प्रकाशनमा दुबईबाट प्रकाशित हुने नेपाली समाचार पाक्षिकले विगत १३ बर्षदेखि युएइमा कार्यरत समाजसेवी तथा पत्रकार मानबहादुर थापालाई सम्मानका साथ बिदाई गरेको छ । उक्त बिदाई कार्यक्रम गत २४ अगस्त शुक्रबारका दिन युएइस्थित सिन्ध पंजाब रेष्टुरेण्टमा गरेको हो ।

उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा मानबहादुर थापा र कार्यक्रमको अध्यक्षतामा अध्यक्ष गोपाल कंडेल रहनुभएको थियो भने अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेका थिए । सो कार्यक्रमको संचालन केन्द्रीय सचिव केदारसिंह नेपालीले गर्नुभएको थियो ।

केन्द्रीय सदस्य गणेश आचार्यको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रममा विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरुले आ-आफ्ना बिचार राखेका थिए भने धेरै वक्ताहरुले मानबहादुर थापाले युएइमा रहुन्जेल निवार्स्थ भावनाले सामाजिक कार्यप्रति दिएको योगदानलाई भुल्न नसक्ने बताए । आफ्नो मन्तव्यको क्रममा मानबहादुर थापाले स्वदेश फर्के पनि सामाजिक कार्यलाई नेपालबाट सक्दो सहयोग गर्नलाई प्रतिवद्धता जाहिर समेत गरे । आफ्नो मन्तव्य राख्नेहरुमा पिताम्बर पाण्डे, रेशम सापकोटा, शिवराज जैसी, चित्रबहादुर केसी, राज खड्का, चन्द्रबिक्रम सारु, पूर्ण सापकोटा, गोकर्ण पौडेल, भुपराज बस्याल, लालबहादुर ढेंगा, कलाधर सापकोटा, गुप्तशेखर पौडेल, कृष्ण ढकाल, कृष्ण केसी, मानबहादुर थापा र गोपाल कंडेल रहेका थिए ।

अध्यक्ष गोपाल कंडेल, चित्रबहादुर केसी र अन्य पदाधिकारीहरले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान-पत्र र मायाको चिनो दिएर बिदाई गरेका थिए भने अर्घाखाची सम्पर्क समिति युएइका अध्यक्ष राजु खड्का र अन्य पदाधिकारीहरुले दोसल्ला ओढाएर सम्मान-पत्र दिएका थिए, त्यस्तैगरी नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधानसम्पादक लालबहादुर ढेंगा र सहसम्पादक भुपराज बस्यालले संयुक्त रुपमा दोसल्ला, मायाको चिनो र सम्मान-पत्र दिएर बिदाई गरेको छ ।

सोही अवसरमा गत १९ र २० अगस्तका दिन दुबईको अलकुजस्थित बलदिया खेल मैदानमा इदको अवसर पारेर बागलुङ सेवा समाज युएइ अन्तर्गत खेलकुद समितिद्धारा आयोजना गरिएको युएइव्यापी भलिवल प्रतियोगितामा योगदान दिने रेशम सापकोटा, प्रेमबहादुर बिक, बलराम सापकोटा, प्रकाश आचार्य, केशव शर्मा, बलबहादुर भण्डारी, गणेश आचार्य, तेजेन्द्र खरेल, केशव चापागाई र देवबहादुर थापालाई प्रशंसा-पत्र दिएर सम्मान गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया