Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक संख्यामा नयाँ रेकर्ड कायम भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो । यो भारतमा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धि हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार एकैदिन ९० हजार ६ सय थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार ६७९ पुगेको छ । अहिलेसम्म ३१ लाख ७७ हजार ६७३ जना कोरोना मुक्त भएका छन् ।

आज बिहानसम्मको विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ६० हजार ४८९ पुगेको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट ८ लाख ८३ हजार ६५१ जनाले ज्यान गुमाएका छन् । यसैगरी १ करोड ९१ लाख ६० हजार ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया