टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा रहनुभएका सदस्यता लिन बाँकी पत्रकारहरुलाई सदस्यता ग्रहण गर्नका लागि आवेदन फ़र्म भरी पठाउन हार्दिक आह्वान गरेको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो प्रथम साधारण सभा निकट भबिष्यमै सम्पन्न हुन गईरहेको जानाकारी गराउँदै शाखाको सदस्यता लिनका लागि तपसिलमा उल्लिखित निर्धारित प्रक्रिया पुरा गरी ५ हजार येन शुल्कसहित आबेदन फ़र्म भरी निर्धारित मिति भित्रै पठाउन जापानमा रहनुभएका पत्रकारहरुलाई अनुरोध गरेको हो ।
उक्त कुरा नेपाल पत्रकार महासंघ जापान शाखाका तर्फबाट सचिव अनुपराज कँडेलद्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा अगाडि भनिएको छ – नेपाल पत्रकार महासंघको बैदेशिक शाखा निमावली २०६७ ले तोकेअनुसार सदस्यता प्राप्त गर्न चाहनुहुने पत्रकारहरुले तपसिलमा उल्लिखित प्रकिया पुरा गरी सदस्यता फाराम भरी निर्धारित मितिभित्रै बुझाउनु हुन अनुरोध गरिन्छ । देहाय बमोजिमका कागजातहरु तोकिएको इमेलमार्फत वा हुलाकबाट सिधै ठेगानामा पठाउन सकिने बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीकाअनुसार आवश्यक कागजातहरुको सूची यसप्रकार रहेको छ ।
१. राहदानीको प्रतिलिपी
२. बैधानिकरुपमा जापानमा बसोबास गरेको जनाउने परिचयपत्रको प्रतिलिपी
३. पासपोर्ट साईजको फोटो ४ प्रति
४. बिगत २ बर्षदेखि कुनै सञ्चार माध्यममा क्रियाशिल रहेको यथेष्ट प्रमाण पुग्ने कागजात । जस्तैः अनलाईन भए अनलाईन रजिष्टर्ड गरेको प्रमाणपत्र, प्रिन्ट मिडिया भए सम्बन्धित मिडिया सँस्थाको नियुक्तिपत्र या सिफारिस पत्र वा पत्रकारिता बिषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको प्रमाणपत्रको प्रतिलिपी या कुनैपनि बिषयमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण भई बिगत २ बर्ष यता पत्रकारिता गरिरहेको प्रमाण । अथवा यस अघि नै नेपाल पत्रकार महासंघ अन्तर्गत केन्द्र वा कुनै शाखाको या बैदशिक शाखाको सदस्यता लिईसकेको भए उक्त सदस्यताको प्रतिलिपि
५. निबेदन आईपुग्नुपर्ने अन्तिम मितिः सेप्टेम्बर महिनाको ५ तारिखसम्म, तोकिएको मितिभन्दा पछि प्राप्त हुने आबेदनउपर कार्वाही हुने छैन ।
६. आवेदन शुल्क ५ हजार येन
७. प्राप्त आवेदनहरु नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा पठाइनेछ । सदस्यता प्रदान गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा सुरक्षित रहने छ ।
८. प्रेषित कागजातहरु केन्द्रद्वारा अध्ययनपछि सदस्यता प्राप्त गर्न नसक्ने आबेदकहरुको आवेदन शुल्क फिर्ता हुनेछैन ।
आबेदन फ़र्म तथा थप जानकारीका लागि सम्पर्क :
अध्यक्ष तिलक मल्ल ०८०-४६११-९४०९
सचिव अनुपराज कँडेल ०८०-३३२७-४४४७
Email: [email protected]
Address: 2-14-4 Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073